२०७९ माघ १३, शुक्रबार

दुर्घटनामा चार जना घाइते

जेठ १५, २०७६  | ६७४ पटक पढिएको

१५ जेठ, तुलसीपुर / पश्चिम दाङमा दुईवटा मोटरसाईकल एकआपसमा ठोक्किदा चारजना घाईते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था गम्भीर छ । दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा बुधबार मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

तुलसीपुरबाट पश्चिम दाङतर्फ जाँदै गरको प्रहरी हवलदार कर्णबहादुर ओली सवार भे ९ प २२४६ नम्बरको मोटरसाईकल र पश्चिम दाङबाट तुलसीपुर आउदै गरेको प्रहरी हवलदार दिपेन्द्र बस्नेत सवार रा २ प २५७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा हवलदार रुकुम सानीभेरी गाउँपालिका ८ गरायला निवासी ३२ वर्षीय ओली र उनका छोरा १० वर्षीय एलन ओली गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

उनका अनुसार सोही मोटरसाईकलमा सवार ओलीका भाई नाता पर्ने दंगीशरण गाउँपालिका ४ मौलीशहर निवासी २३ वर्षीय कर्ण देव ओलीको अवस्था सामान्य छ । प्रहरी हवलदार ओलीले चलाएको गाडिमा तीनजना सवार थिए । त्यस्तै अर्को मोटरसाईकलमा सवार प्रहरी हवलदार ३६ वर्षीय दिपेन्द्र बस्नेतको अवस्था भने सामान्य रहेको छ । गम्भीर घाइतेलाई जिल्ला बाहिर रिफर गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस