२०७९ माघ १३, शुक्रबार

विकास निर्माण कार्य कुन अवस्थामा पुग्यो र कस्तो हुँदैछ

जेठ १५, २०७६  | ११३६ पटक पढिएको

– तिर्थराज ज्ञवाली
जेष्ठ १५, मसुरीया (देउखुरी दाङ) / विकास निर्माण कार्य कुन अवस्थामा पुग्यो र कस्तो हुदैछ वा भयो भनी राप्ती गाउँपालिकाकी उपाध्यक्ष अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको नेतृत्वमा बुधवार योजनाहरुको अनुगमन गरिएको छ ।

कस्तो मसल प्रयोग गर्नुभयो, कति सिचाई गर्नुभयो, कति मोटो र बाक्लो सरिया राख्नु भयो भन्दै अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी पीपरीको शंकर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुर्य प्रकाश चौधरीलाई सोध्दै काम कहिले सकिन्छ भनि प्रश्न गरे ।

बुधवार गरिएको अनुगमनमा पीपरी स्थित शंकर माध्यमिक विद्यालयको निर्माणाधिन भवन, पीपरीकै ईन्द्रेनि टोल र शंकर टोल जोड्ने सडकको स्तरोन्नती, सिसहनिया कमल रोडमा धुमुवा कुलोमा कल्भट निर्माण, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत वडा नं. ३ र ४ दोलाई खोला पुल नजिक तटबन्ध र बुढिचौर बस्ती बचाउ तटबन्धको अनुगमन गरिएको हो ।

अनुगमनमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा नं. ४ र ८ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रि, गोकर्ण बहादुर राना मगर, कार्यपालिका सदस्य तार चौधरी, असई विमला भट्टराई, भगमति चौधरी, सञ्चार संयोजक तिर्थ राज ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस