२०७९ माघ २४, मंगलबार

नीति र कार्यक्रमले दीर्घकालीन सोंच ल्याएको छ – सांसद डाँगी

जेठ १५, २०७६  | १०११ पटक पढिएको

बुटवल, प्रदेश नम्बर ५ का सांसद अमरबहादुर डाँगीले प्रदेश सरकारले आथामि आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने गरी नयाँ सोंच र दीर्घकालीन रणनीति ल्याएको बताएका छन् । सरकारले प्रस्तुत गरेका नीति र कार्यक्रमका विषयमा प्रदेशसभामा बोल्दै सांसद डांगीले नीति र कार्यक्रमले पर्यटन, जनस्वास्थ्य, प्रसूति सेवा, कृषि, प्राविधिक शिक्षा, रोजगारी लगायत समग्र समृद्धिका बुंदालाई सम्बोधन गरेको बताए । त्यसैगरी नीति र कार्यक्रममा उनले केही सुझाव समेत दिएका छन् ।

बुवा आमालाई घरमै पाल्ने सन्तानलाई सम्मान गर्नुपर्ने बताउंदै सांसद डांगीले वृद्धवृद्धाहरुलाई वृद्धाश्रममा नराखी घरमै स्याहार सुसार गर्ने, छोरा बुहारी दम्पत्तीलाई सम्मान कार्यक्रम स्थानीय तहले ६÷६ महिनामा गर्नुपर्ने बताए । यसो गर्दा थप सन्तानहरुमा बाबुआमाप्रतिको माया, स्नेह बढ्ने उनको अभिव्यक्ति थियो ।
सांसद डाँगीले कृषि क्षेत्रलाई आधुनिकीकरण तथा यान्त्रीकरण गर्दै उत्पादन बढाउने तर्फ नीति र कार्यक्रम लक्षित रहेको बताए । युवाहरुलाई कृषिजन्य उद्योगमा लगाइ विदेश पलायन रोक्ने, प्रत्येक वडामा एम्बुलेन्स सेवा र वर्थिङ सेन्टर स्थापना गर्नुपर्ने समेत संसदले बताए ।

खाद्य सम्प्रभुतालाई सम्मान गर्ने, औद्योगीकरणका नयाँ सोचहरु अघि बढाउने, कृषिमा आधारित र वन पैदावारमा आधारित उद्योगहरु सञ्चालनको प्रक्रियालाई अघि बढाउने कुरा अघि सारेको पनि सांसद डांगीले बताए । यसले राष्ट्रिय पुँजी निर्माणको दिसामा दीर्घकालीन सोंच उजागार नीति र कार्यक्रमले गरेको भन्दै पर्यटनमा पनि बृहत्तर दृष्टिकोण ल्याएको छ । पर्यटनलाई रैथाने संस्कृति, घरेलु उद्योग, र रैथाने रहनसहन संग जोड्ने प्रयत्न गरेको पनि सांसद डांगीले बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस