आगलागी हुँदा करिब पाँच लाख बराबर को क्षति


१४ जेठ, दाङ / शान्तिनगर गाउँ पालिका वडा नम्बर छ सुन्डबरी निवासी प्रेम बहादुर कँवरको घरमा आगलागी हुँदा करिब पाँच लाख बराबर को क्षति भएको छ। मंगलबार दिउसो तिन बजे तिर आगलागी भएको वडा नम्बर छ का अध्यक्ष रबि बुढाथोकीले जनाएका छन् ।

आगलागीबाट एउटा घर र गोठ पूर्ण रुपले क्षति भएको अन्नपात नगद ४५ हजार रुपैया जलेर नष्ट भएको पनि अध्यक्ष बुढाथोकी ले जनाएका छन् । आगो लाग्नुको कारण खुल्न भने सकेको छैन ।
यसैबिच आगलागी पीडित कँवर परिवारलाई आज नै पचास केजि चामल, तेल पाँच लिटर, दाल पाँच केजि र नुन दुइ केजि शान्तिनगर गाउँ पालिका अध्यक्ष कमान सिंह डाँगी र उपाध्यक्ष मिथिला शाह वडा अध्यक्ष हरु रबि बुढाथोकी र गिरिराज बस्नेत ले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । त्यसै गरि जिमिन संस्था र नेपाल रेड्क्रस सोसाइटी उपशाखा पवन नगरले पनि आजनै पीडित परिवारलाई राहत वितरण गरेको छ ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस