२०७९ माघ २४, मंगलबार

दाङकी रिजाल लङजम्पमा देशकै उत्कृष्ठ

जेठ १४, २०७६  | १०३१ पटक पढिएको

१४ जेठ, तुलसीपुर / दोस्रो उपराष्ट्रपति चिल्ड्रिेन गेममा दाङकी करुणा रिजालले स्वर्णपदक हात पार्न सफल भएकी छिन् । गोरखा मावि तुलसीपुरकी छात्रा रिजाल १४ वर्ष मुनिको लङजम्प प्रतियोगितामा देशकै उत्कृष्ठ हुन सफल भएकी हुन् ।

उनले लङजम्पमा ४.४९ मिटर दुरि पार गर्न सफल भएकी थिईन् । प्रदेश नं. ५ को प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलमा सहभागि भएकी रिजालले हाइजम्पमा पनि रजत पदक हात पार्न सफल भएकी छिन् । उनले १.३३ मिटर मिटर दुरि पार गर्न सफल भएकी छिन् ।

उनी दाङको बेलझुण्डीमा भएको छनोट खेलबाट प्रथम भएर जिल्लाको प्रतिनिधित्व गरेकी थिईन् । त्यस संगै प्युठानमा भएको खेलमा प्रदेश नं. ५ का १२ वटै जिल्लाका खेलाडीलाई पछि पार्दै प्रदेशको प्रतिनिधित्व गरि राष्ट्रिय खेलमा सहभागि भएकी हुन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस