२०७९ माघ १७, मंगलबार

स्वस्थ समाज भयो भनेमात्र समृद्धि

जेठ १४, २०७६  | ११७३ पटक पढिएको

१४ जेठ, तुलसीपुर । महिला स्वास्थ्य अधिकार दिवसको अवसरमा मानसिक स्वास्थ्य र मनोविमर्श केन्द्रको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र ओरेक नेपाल दाङको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले विभिन्न कारणले पछिल्नो समयमा मानसिक रोगीहरु बढदै गएको भन्दै त्यसको न्यूनिकरणका लागि मनोविमर्श केन्द्र स्थानीय निकायमा आवश्यक पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले महिला पुरुष दुवैको स्वास्थ्य राम्रो भयो भनेमात्र सवृद्ध नगर बन्ने बताए । उनले त्यसको लागि जागरण फैलाउनुपर्ने बताए । ‘स्वास्थ्यको अधिकारलाई संविधानलेनै सुनिश्चिता गरेको छ, सानै उमेरमा विवाह गर्ने, विभिन्न हिंसाका कारण मानसिक स्वास्थ्यमा असर परेको छ’ –पाण्डेले भने । कार्यक्रममा ओरेक नेपाल दाङकि जिल्ला संयोजक इश्वरी थापाले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने तत्वहरु, त्यसको न्यूनिकरण र हाल सम्म संस्थाले दिएको मनोविमर्श सेवाहरुको वारेमा प्रकाश पारेकी थिइन् । उनले दाङका विभिन्न स्थानमा करिव दुई सय बढीलाई मनोविमर्श सेवा प्रवाह गरेको बताइन् । उनले त्यसमा पनि महिलाहरु बढी रहेको बताइन् ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डा। गोकर्ण दाहालले नेपालमा करिव १८ प्रतिसत मानसिक रोगीहरु भएको भन्दै मनोविमर्शका लागि बजेट अभावका कारण कार्यक्रम सञ्चालन गर्न नसकेको बताए ।
त्यस्तै महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सचिव पदमा चौधरीले मानसिक स्वास्थ्यको अवस्थालाई सुधार गर्न सवैलाग्नुपर्ने बताइन् । कार्यक्रममा स्वास्थ्य महाशाखाका विष्णु गिरीले अव वडाहरुका विकास निर्माण र औषधीकामात्र वितरण गरेर नपुग्ने भन्दै मानसिक स्वास्थ्यलाई पनि हेर्नुपर्ने बताए ।

कार्यक्रममा न्यायक समितिका सदस्य जानका रेग्मी वडा अध्यक्षहरु टोपबहादुर केसी, घनश्याम ढकाल, माधव वली, प्रसु चौधरी, बालकृष्ण राना, महिला अधिकार कर्मी देवा बस्नेत लगायतले मानसिक स्वास्थ्यको लागि सवै गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा ओरेक नेपालकी दिपा धितालले मानसिक स्वास्थ्य र मनोविमर्श केन्द्रको आवश्यकता रहेको बताइन् ।

ओरेक नेपालकी मनोविमर्शकर्ता सुसिला आचार्यका अनुसार मनको समस्या भयो भने मनोविमर्श कर्ता संग आउनुपर्ने सुझाव छ । ‘अन्य रोग लाग्यो भने मानिसले औषधी आवश्यक परेजस्तै मनको पीडा पोख्नका लागि मनोविमर्श कर्ता आवश्यक पर्छ –आचार्यको भनाई छ । उनले आफुहरु संग विभिन्न समस्याहरु लियर मानिसहरु आउने गरेको र उनीहरुलाई मनोविमर्श सेवा दिदै आएको बताइन् ।

ओरेक दाङकी संयोजक इश्वरी थापाको अध्यक्षता नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नगरका ४ वटा स्वास्थ्य केन्द्रमा मनोविमर्श सेवा सुरु गर्ने, आवश्यक बजेट छुटाउने र महिला स्वयम सेवीकाहरुलाई तालिम दिने प्रसात पेश गर्ने निर्णय गरिएको छ । विष्णु गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस