२०७९ माघ २६, बिहीबार

तिन दिने बेमौसमी तरकारी खेती तथा स्प्रे टंकी कार्यक्रम सुरु

जेठ १४, २०७६  | १३०६ पटक पढिएको

१४ जेठ, दाङ / शान्तिनगर गाउँपालिका वडा नम्बर तिनको आयोजना एवं कृषि विकास शाखा चिराघाटको प्राविधिक सहयोगमा तिन दिने बेमौसमी तरकारी खेती तथा स्प्रे टंकी वितरण कार्यक्रम मंगलबार देखि शान्तिनगर तिनको बस्तिखोलामा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै शान्तिनगर गाउँपालिका अध्यक्ष कमान सिंह डाँगीले किसानहरुको समस्या लाई मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न प्रकारका किसान लक्षित कार्यक्रमहरु संचालन गरेको बताउदै अध्यक्ष डाँगीले गाउँपालिकाको लगानीलाई किसानहरुले सहि तरिकाले सदुपयोग गर्नु पर्ने बताए ।

वडा नम्बर तिनका अध्यक्ष बुद्धि राम तिवारीको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको प्रमुख आतिथ्यता र उपाध्यक्ष मिथिला शाह र प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी.को विशिष्ट आतिथ्यतामा तिन दिन सम्म सञ्चालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी. कृषि शाखा शान्तिनगरका प्रमुख यम कान्त पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तिन दिन सम्म सञ्चालित कार्यक्रममा महिला पुरुष गरि तिस जना किसानहरुको सहभागिता रहेको छ भने प्रशिक्षकमा यम कान्त पाण्डे रहेका छ्न भने कार्यक्रमको सञ्चालन वडा सचीव हेम प्रसाद भण्डारी ले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस