२०७९ माघ १३, शुक्रबार

इच्छुकको इच्छा अधुरै , स्मृति दिवशमा तीन जना सम्मानित

जेठ १३, २०७६  | १२७३ पटक पढिएको

साक्षी खबर
दाङ, १३ जेठ । शहिद कृष्ण सेन ‘इच्छुक’ का इच्छा अधुरै रहेका छन् । मुलुकमा पत्रकारिता ,साहित्य र राजनीतिका निष्ठा,आस्था र चरित्रमा प्रतिवद्ध रहेका धरोहर इच्छुकका इच्छा र चाहना पुरा गर्न सवै लाग्नु पर्छ भन्ने सन्देश सहित सहिद कृष्ण सेन इच्छुकको १७ औँ स्मृति दिवस मनाइएको छ । त्यस अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस संगठन दाङ र जनसास्कृतिक महासंघ दाङ शाखाले सयुक्त रुपमा आयोजना गरेको स्मृति दिवस तथा सम्मान एव पुरस्कार वितरण समारोह सम्पन्न गरेका छन् ।
उनीहरुले इच्छुक पत्रकारिता, साहित्य र राजनीतिका त्रिवेणी भएको भन्दै उनीवाट धेरै गुणहरु सिक्न सकिने सहभागिहरुको सुझाव थियो । प्रेस सेन्टरका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै प्रगतिशिल लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष अमर गिरीले सहिद कृष्ण सेन इच्छुक विचारमा प्रतिवद्ध, त्यागी र निष्ठावान व्यक्ति भएको बताए । सेन सधै गरिव सर्वहारा बर्गको पक्षमा लेख्ने र बोल्ने इमान्दार कम्युनिष्ट भएको भन्दै अहिलेका कम्युनिष्टमा त्यो गुण हराएको बताए । नेपालमा अहिले दुईतिहाइको कम्ष्ुनिष्ट सरकार बनेपनि आस्था र विचारवाट विचलित हुने खतरा रहेको उनको विचार थियो । तर इच्छुक कहिले पनि आफनो बिचार र आस्थावाट विचलिन नहुने निडर व्यक्ति भएको उनले बताए । ‘इच्छुक गरिव जनताको पक्षमा बोल्ने निडर र साहशी व्यक्ति हुन’, गिरीले भने,‘इच्छुकको सरल र साधारण व्यत्तित्व सवैले सिक्न आवश्यक छ ।’ त्यस्तै गिरीले इच्छुक बोलेका कुरा व्यवहारमा लार्गे असल राजनीतिज्ञ समेत रहेको बताए । अहिलेको राजनीतिमा कुरा आर्दश गर्ने तर व्यवहार त्यो भन्दा धेरै फरक हुने गरेको भन्दै बरिष्ठ साहित्यकार समेत रहेका गिरीले सच्चा कम्युनिष्टले इच्छुकवाट पाठ सिक्न आवश्यक रहेको बताए । आर्थिक रुपमा अत्यन्त कमजोर रहेपनि गरिव जनताको परिवर्तनको पक्षमा लाग्ने इच्छकु विचारमा धेरै माथि रहेको बताएका थिए ।
त्यस्तै कार्यक्रममा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले कृष्ण सेन इच्छुक पत्रकारिता, साहित्य र राजनीतिका त्रिवेणी भएको बताए । गरिव जनताको पक्षमा कलम चलाउने कृष्ण सेन इच्छुकवाट धेरै कुराहरु अहिलेको पुस्ताले सिक्न सक्ने बताए । आफनो पेशा र कर्मप्रति प्रतिवद्ध इच्छुकलाई आदर्शका रुपमा लिन समेत उनले आग्रह गरे । त्यस्तै शर्माले पछिल्लो समय पत्रकारितामा विकृति र छाडापन मौलाएको प्रति असन्तुष्टि जनाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले नेपाली पत्रकारिताका क्षेत्रमा कृष्ण सेन इच्छुकको महत्वपूर्ण योगदान रहेको बताए । त्यस अवसरमा नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, सम्मानित व्यक्ति निर्मल आचार्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सम्मानित व्यक्ति केएल बुढाथोकी, कृष्ण सेनका आफन्ती चुनचुन केसी, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदिप शर्मा, प्रलेसका केन्द्रीय सदस्य अजयदिप शर्मा, सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नं. ५ का सचिव संगीत बस्याल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, राप्ती साहित्य परिषदका उपाध्यक्ष टिकाराम उदाशी, प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जानकी दहितलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस चौतारी दाङ शाखाका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तिहरुको परिचय प्रेस संगठनका केन्द्रीय सदस्य नरेन्द्र्र केसीले गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई जनसास्कृतिक संघका अध्यक्ष रञ्जीत बुढाले गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव भुपेन्द्र वलीले गरेका थिए ।

स्मृति दिवशमा तीन जना सम्मानित
सहिद पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको स्मृति दिवसको अवसरमा प्रेस संगठन नेपाल दाङले ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारवाट दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ दाङमा स्थापना गरिएको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’वाट शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार केएल पीडितलाई र जनसास्कृतिक महासंघ दाङमा स्थापना गरिएको पुरस्कारवाट साहित्यकार निर्मल आचार्यलाई कृष्णसेन स्मृति साहित्यिक पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिले पुरस्कृत सष्ठाहरुलाई नगदसहित टिकालगाएर प्रमाणत्र प्रदान गरेका थिए ।

तस्विर साभारः नरेन्द्र केसीको फेसबुकवाट

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस