२०७९ माघ २६, बिहीबार

अर्जुनको कपूरको एक्सन थ्रिलर फिल्म सुपरफ्लप

जेठ १३, २०७६  | १०३३ पटक पढिएको

एजेन्सी, मुम्बई / नेपालमा आधाभन्दा बढी छायांकन भएको बलिउड अभिनेता अर्जुन कपूरको एक्सन थ्रिलर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ बक्सअफिसमा नराम्रोसँग पिटिएको छ । वास्तविक घटनामा आधारित फिल्मलाई दर्शकको साथ मिलेको छैन । पहिलो दिनदेखि नै फिल्मको कमाईले सुस्त रफ्तार समातेको छ । फिल्मको ओपनिङ विकेन्ड कलेक्सन निराशाजनक छ ।

अर्जुन कपूरको फिल्मले ३ दिनमा मात्र ८ करोड ६६ लाखको व्यापार गरेको छ । ट्रेड एक्सपर्ट तरण आदर्शले ट्वीट गर्दै फिल्मको तीन दिनको कलेक्सन सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘विकेन्डमा ‘इन्डियाज मोस्ट वान्टेड’ को कमाईमा उछाल आयो, तर यो पर्याप्य छैन । तीन दिनको कलेक्सन अपेक्षा गरिएको भन्दा निकै कम हो ।’

शुक्रवार फिल्मले भारतीय बजारमा २ करोड १० लाख, शनिवार ३ करोड ३ लाख र आइतवार ३ करोड ५३ लाखको व्यापार गरेको छ । राम्रो रिभ्यू पाउँदा पाउँदै पनि अर्जुनको यो फिल्मले दर्शकलाई इम्प्रेस गर्न सकेको छैन । कयौं बलिउड सेलेब्सले फिल्मको प्लटको तारिफ गरेका थिए । तर, सेलेब्सको सपोर्ट पनि फिल्मका लागि लाभदायक हुन सकेन ।

फिल्मले यही सुस्त रफ्तार नछाड्ने हो भने ‘इन्डियाज मोस्ट वान्टेड’ बक्सअफिसमा नराम्रोसँग पछारिने देखिन्छ । उता, बक्सअफिसमा यो फिल्मसँग ुपीएम नरेन्द्र मोदीु पनि रिलिज भएको थियो । यो फिल्मले पनि बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । यद्यपि, अर्जुनको फिल्मभन्दा राम्रो व्यापार भने गरेको छ । फिल्मले तीन दिनमा ११ करोड छापेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस