२०७९ माघ २१, शनिबार

खेल जीवनसँग जोडिएको अध्यक्ष पौडेलको भनाई

जेठ १३, २०७६  | १३९४ पटक पढिएको

– बालकृष्ण पाण्डे
१३ जेठ, हापुरे / बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले खेल जीवनसँग जोडिएको कुरा भएकाले खेलको महत्व अत्याधिक भएको बताएका छन् । बबई गाउँपालिका ३ को मदन भण्डारी स्टडियममा आइतबार देखि सुरु भएको प्रथम मदन भण्डारी स्मृतीकप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

अध्यक्ष पौडेलले क्रिकेट खेलले नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले यसको विकासमा बबई गाउँपालिका सधै लागरिहने समेत बताएका छन् । उनले अहिले सञ्चालन भैरहेको प्रतियोगितको लागी थोरै बजेट भएको जस्तो महसुस भएको तर आगामी वर्षहरुमा क्रिकेट खेलको लागी आवश्यक बजेटको व्यवस्थापन गरि अझ राम्रोसँग प्रतियोेगिता सञ्चालन गर्ने बताएका छन् ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भिष्मकुमार मल्लले नेपालमा क्रिकेटको क्रेज बढ्दै गएकाले क्रिकेट खेलमा झुकाव राख्ने खेलाडिले भोली राम्रो अबसर प्राप्त गर्न सक्ने बताएका छन् । नेपाली खेलाडी सन्दीप लामिछाने अहिले विश्व सामु आफ्नो खेल प्रस्तुत गरेर परिचित भएको भन्दै मल्लले बबई गाउँपालिकाको क्रिकेट प्रतिको लगावले नयाँ सन्दिप जन्मिन सक्ने बताएका छन् ।

प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष टोपेन्द्र थापाको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष पौडेलको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष सावित्रा विश्वकर्मा र प्रमुख प्रशासकिय अधिकृत मल्लको विशिष्ट आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजिकरण ससिराम ओलीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस