२०७९ माघ १७, मंगलबार

दंगीशरणमा आगलागी

जेठ १२, २०७६  | ११८२ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१२ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिका २ बंगालपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय जंगलमा लागेको आगोको झिल्का बस्तीमा पुग्दा स्थानीय रतवीर कामीको घर आगोले जलेर नष्ट भएको हो । खरको छानो भएको घर आगलागीबाट नष्ट भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर शाहीले जानकारी दिए । जंगलमा आइतवार विहानदेखि लागेको आगो बढ्दै बस्तीसम्म पुगेको थियो । दिउँसो जंगलको आगो नियन्त्रण भए पछि बस्ती जोगिएको थियो ।

प्रेम बहादुर शाहिको नेतृत्वमा पुगेको नेपाल प्रहरी, १९ नं. बाहिनीका क्याप्टेन भिमसेन चौलागाईको नेतृत्वमा गएको नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल तुलसीपुरका प्रहरी नायव निरीक्षक सत्या बुढाथोकिको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालय हेकुलीबाट गएको प्रहरी र स्थानीयहरुको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । आगो निभाउनका लागि तुलसीपुर उपमहानगरपालिकाबाट दमकल गएपनि जंगलको बिच भागमा आगो लागेकाले आगो निभाउँन सहज भएको थियो ।

आगो सिमयमै आगो नियन्त्रणमा आएकाले गाउँबस्ती सम्म पुग्न नसकेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । चौधरीले जंगलमा लागेको आगो गाउँमा पस्नबाट रोक्न सक्रियता भएकाले ठूलो क्षतिबाट बचेको बताए । आगो नियन्त्रणमा लापरबाही भएको भए गाउ क्षति हुने अवस्था थियो । आगोका कारण ५० हेक्टर भन्दा बढि जंगल क्षेत्र जलेको छ । आगलागी क्षेत्रको ब्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष भागीराम चौधरी उपाध्यक्ष पिमा खडका, वडा अध्यक्ष श्रीप्रसाद चौधरी, तुलाराम देवकोटा लगायत खटिएका थिए ।

यसैबीच आगलागीबाट घर क्षेति भएका रतवीर कामीका परिवारलाई नेपाल महिला सामुदायिक सेवा केन्द्र ले ५ हजार रुपैया सहयोग गरेको देविराम कुसारीले बताए । यस्तै केहि समय अगाडि दंगीशरणको वडा न. १ स्थित फुर्केसल्लीमा आगो लाग्दा ३ घरमा लाखौँ धनमाल जलेर नष्ट भएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस