२०७९ माघ १७, मंगलबार

महिलाका लागि पाँच दिने चुरापोते तालिम

फागुन १२, २०७५  | १४६१ पटक पढिएको

शान्तिनगर
शान्तिनगर गाउँ पालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखा चिराघाट्को आयोजनामा आज देखी पाँच दिने महिलाहरुका लागि चुरापोते सिप मुलुक तालिम चिराघाट्मा सुरु भएको छ।
उक्त्त तालीम को उद्घाटन गर्दै गाउँ पालिकाका अध्यक्ष कमान सिंह डाङ्गिले तालिम लिएर मात्रै नहुने भन्दै तालिममा सिकेका कुरा हरुलाइ व्यबहारमा उतार्न सकियो भने सान्दर्भिकता हुने बताएका थिए।

महिलाहरुलाइ आत्म निर्भर बनाइ व्यावसायिक आय आर्जन तिर उन्मुख गराउने उद्येशयले संचालित तालिममा सात वटै वडाहरुका २३ जना महिलाहरुको सहभागिता रहेको छ।

गाउँ पालिकाका अध्यक्ष कमान सिंह डाङ्गी को अध्यक्षतामा सप्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष मिथिला शाह र प्रमुख प्रशासकीय अधिकृत निमबहादुर के सि लगाएतकाले वोलेका थिए । उक्त पाँच दिने तालिम को प्रशिक्षकमा श्रद्धा शाहरहेकी छिन भने कार्यक्रम को सहजीकरण महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख गुप्ता कुमारी अधिकारीले गरिकी प्रेस संयोजक निराश पाण्डेले वताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस