२०७९ माघ १७, मंगलबार

भारतीय लोकसभा चुनावमा बलिउड कलाकारहरु को हारे, को जिते ?

जेठ १०, २०७६  | १०५७ पटक पढिएको

१० जेठ, मुम्बई / भारतमा हालै निर्वाचन सम्पन्न भएको छ । जसमा बलिउड कलाकारहरुको पनि सहभागीता थियो । जसमा कस्ले जिते अनि हारे भन्ने कुरा चासोको विषय बनेको छ ।

हेमा मालिनी – अभिनेत्री हेमा मालिनीले बिजेपीबाट उत्तर प्रदेशको मथुरा क्षेत्रबाट २ लाख ९० हजार भन्दा बढी मत ल्याएर विजयी भएकी छन् ।

सन्नी देओल – त्यस्तै गरी अभिनेता सन्नी देओलले पनि पंजाबको गुरुदासपुरबाट ८२ हजार मत बढी ल्याएर जितेका छन् ।

मनोज तिवारी – भोजपुरी फिल्मका अभिनेता मनोज तिवारीले दिल्लीबाट अत्याधिक मत ल्याएर विजयी भएका छन् । त्यसैगरी भोजपुरी फिल्मका अभिनेता रवी किशनले पनि उत्तर प्रदेशको गोरखपुरबाट जित हासिल गरेका छन् ।

मिमि चक्रवती – बंगला फिल्मकी अभिनेत्री तथा टेलिभिजन कलाकार मिमि चक्रवर्तीले तृणमूल कांग्रेसबाट २ लाख ९५ हजार मत बढी ल्याएर विजयी भएकी छन् ।

लाकेट चटजी – अभिनेत्री लाकेट चटर्जीले भाजपाबाट उम्मेदवार बन्दै पश्चिम बङ्गालको हुगलीबाट ७२ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

किरण खेर – बलिउड अभिनेत्री किरण खेरले बिजेपीबाट उम्मेदवार बन्दै दोस्रो पटक लोक सभा निर्वाचनमा चण्डीगढबाट ४६ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

नुसरत – बंगला फिल्मकी अभिनेत्री नुसरत जँहाले पश्चिम बङ्गालको बशीरहाट क्षेत्रबाट तृणमूल कांग्रेसबाट उम्मेदवार बन्दै ३ लाख ३६ हाजर मत अन्तरले जित हासिल गरेकी छन् ।

बाबुल सुप्रिया – त्यस्तै गायक बाबुल सुप्रियोले अभिनेत्री मुनमुन सेनलाई पराजित गर्दै बिजेपीबाट चुनाव जितेका छन् ।

शत्रुघन सिन्हा – यस निर्वाचनमा बिजेपी छोडेर काँग्रेसबाट उम्मेदवार बनेका अभिनेता शत्रुघन सिन्हा भने भरि मत अन्तरले पराजित भएका छन् ।

प्रकाशराज बंग्लुरु – अभिनेता प्रकाशराज बंग्लुरु सेन्ट्रलबाट ५ लाख ७३ हजार मत अन्तरले पराजित भएका छन् ।

उर्मिला मातोड़कर – काँग्रेसबाट उम्मेदवार बनेकी अभिनेत्री उर्मिला मातोड़कर पनि पराजित भएकी छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस