२०७९ माघ २१, शनिबार

बिरामीलाई फलफुल वितरण

जेठ १०, २०७६  | १२७७ पटक पढिएको

१० जेठ, देउखुरी (दाङ) / लमही च्याम्बर अफ कमर्सले शुक्रबार लमही अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

अध्यक्ष अजय न्यौपानेको नेतृत्वमा गएको टोलीले ४० जना बिरामीलाई फलफुल वितरण गरेको हो । पछिल्लो समय यता लमही च्याम्बर अफ कमर्सले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ । खासगरी व्यवसायीहरुको हक, हितका आवाजहरु उठाउने मुख्य उद्देश्य रहेको अध्यक्ष अजय न्यौपानेले बताएका छन् । भिटामिन र पौष्टिक आहाराको कमीले बिरामी भएका बिरामीलाई थोरै भए पनि उर्जा मिलोस भनेर फलफुल वितरण गरिएको उनले बताए ।

साथै बिरामीहरुको शारीरिक तन्दुरुस्तीका लागि पनि महत्वपूर्ण हुने न्यौपानेले बताए । फलफुल वितरण कार्यक्रममा लमही च्याम्बर अफ कमर्सका सचिव निर्मला ज्ञवाली, सह–कोषाध्यक्ष प्रमोद बस्नेत, सदस्यहरु राजेन्द्र श्रेष्ठ, कृष्ण कुमार थापा, केशव ओली लगायतको उपस्थित रहेको थियो । फलफुल वितरण गर्ने लमही च्याम्बर अफ कमर्सलाई अस्पताल प्रशासनले धन्यवाद दिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस