२०७९ माघ १७, मंगलबार

“योग र साधनाबाट जीवन बदल्न सकिन्छ केन्द्रीय संयोजक” – मिश्र

जेठ १०, २०७६  | ९७५ पटक पढिएको

– साक्षी खबर
१० जेठ, तुलसीपुर / तुलसीपुर उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमका बिच पतञ्जलि योग समितिका केन्द्रीय पदाधिकारीहरुलाई स्वागत गरेको छ ।

वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै पतञ्जलि योग समितिका केन्द्रीय संयोजक लभदेव मिश्रले योग र साधका माध्यमबाट जिवनलाई सरल र व्यवस्थित गर्न सकिने बताएका छन् । उनले जीवनमा योग र साधनाले गर्दा समाजमा सकारात्मक अभियानहरु सञ्चालन गर्न मद्धत पुग्ने बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सयोजक मिश्रले खानपिन, आहार विहार र दैनिकी जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा पनि योगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले योग र साधनाबाट जटिल किसिमका रोगहरु क्यान्सर, थाईराईड, प्रेसर लगायत थकान र तनाव समेत कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी दिए। उनले योगका माध्यमबाट जीवन शैलीमा सरलता र स्वच्छता प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष मिनराज भण्डारी, प्रदेश नम्बर ५ का संयोजक प्रेम शाह, महासचिव घनश्याम अधिकारी, दाङ जिल्लाका कार्यवाहक अध्यक्ष बिनोद चौधरी, तुलसीपुरका संयोजक प्रलाद शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा दाङको तुलसीपुरमा शनिवार देखि बृहत् योग शिविर सञ्चालन हुँदैछ ।

यता रेडियो सञ्जिवनि एफएम ९१ मेगाहर्जबाट भोलि शनिवार देखि सञ्चालन हुन लागेको बृहत् योग शिविरको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । बिहान ४ः३० बजेदेखि ५ः३० बजे सम्म योगका बारेमा गाउँ र टोल सम्म जानकारी दिनका लागि रेडियोबाट प्रत्यक्ष प्रसारण गर्न लागेको स्टेशन म्यानेजर शरद रेग्मीले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस