२०७९ माघ २४, मंगलबार

संस्कार झल्काउँदै विद्यार्थी

जेठ ०८, २०७६  | ११५७ पटक पढिएको

८ जेठ, तुलसीपुर / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँ स्थित गोरखा मावि तुलसीपुरमा सञ्चालित आईएसए कार्यक्रमम अन्तर्गत बुधबार यहाँका नागरिकलाई संस्कार सिकाईएको छ । आफु भन्दा ठूलालाई कसरी आदर सत्कार गर्ने, बोली व्यवहार कस्तो गर्ने, पूरानो संस्कारलाई जगेर्ना कसरी गर्ने लगायतका विषयमा विद्यार्थीहरुमाझ कार्यक्रम भएको थियो ।

ब्रिटिस काउन्सिल अन्तर्गत आईएसए कार्यक्रमले बुधबार तुलसीपुर ६ बरपिपल चौतारी टोलमा उक्त कार्यक्रम गरेको हो । विद्यार्थी, अभिभावक, टोलबासी लगायतको सहभागितामा उक्त कार्यक्रम भएको हो ।

गोरखा मोडेल कलेज सहायक क्याम्पस प्रमुख तथा गोरखा माध्यामिक विद्यालय तुलसीपुुरका प्लस टु व्यवस्थापन संयोजक डम्बर डाँगीको अध्यक्षता तथा बरपिपल चौतारी टोल विकास संस्थाका अध्यक्ष पदमा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सोँचको विकास हुने बताईन् । उनले नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक मुलुक भएको भन्दै सबै समुदायलाई जोड्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । गोरखा माध्यमिक विद्यालय तुलसीपुरमा ब्रिटिश काउन्सिलद्वारा सञ्चालित आईएसए कार्यक्रमले पाठ्यक्रममा भएको विषयवस्तुलाई परियोजना मार्फत समाजमा सकारात्मक परिबर्तन ल्याउने बताईन् ।

आईएसए संयोजक पूर्णविक्रम डाँगीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रोजेक्ट संयोजक ज्योति थापा कार्यक्रम बारे गराएकी थिईन् । सोही अवसरमा कक्षा ३ मा अध्ययनरत रुपेक्षा राणाले यो कार्यक्रमले किताबको विषयवस्तुसंगै समाजिक संस्कार पनि सिकाएको बताईन् । कार्यक्रमको सहजीकरण प्रावि संयोजक कमल भण्डारीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस