२०७९ माघ २४, मंगलबार

मानव अधिकार सम्बन्धि चलचित्र प्रदर्शनी

जेठ ०८, २०७६  | १००४ पटक पढिएको

८ जेठ, दाङ / मानव अधिकार चलचित्र केन्द्र काठमाण्डौको आयोजनामा विहिवार घोराहीमा मानव अधिकार सम्बन्धि चलचित्र प्रदर्शनी हुँदैछ । साथै कार्यक्रममा सुरक्षित आप्रवाशनका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुन लागेको छ ।

वैदेशिक रोजगारीमा जानुपुर्वको तयारीका अवस्थामा जानकारीमुलक सन्देश दिने उद्देश्यले आयोजना गरिएको सो चलचित्र प्रदर्शनी तथा फोटो प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक संस्थाका कार्यकारी निर्देशक पाण्डव खत्रीले बताएका छन् । दिउँसो साढे २ बजे जिल्ला समन्वय समितिको सभाहलमा हुने सो प्रदर्शनीमा उपस्थीतिका लागि आयोजकले मानव अधिकारकर्मि, सञ्चारकर्मि, नागरिक समाज, वैदेशिक रोगजारीमा जान चाहने व्यक्तिहरु तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति लगायत सम्पूर्ण जिल्लाबासीमा आग्रह गरेको छ ।

सो प्रदर्शनीमा पवित्रा खड्काद्वारा निर्देशित चलचित्र धर्को, राजेन्द्र कुँवरको फरइभर वेयटिङ, अशोक थापाको द कोरियन ड्रिम, प्रदिप भट्टराइको कुरा कागजको तथा समि परीयोजनाको सिप नै सम्पत्ती हो भन्ने शिर्षकका चलचित्रहरु प्रदर्शनी गरिने छ । करिव दुई घण्टामा सम्पन्न हुने कार्यक्रम वैदेशिक रोजगार लक्षित तथा आप्रवाशनका लागि विशेष फलदायी हुने आयोजकले दावी गरेको छ ।

मानवअधिकार चलचित्र केन्द्र मानवअधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मी, पत्रकार, अभियान्ता तथा चलचित्रकर्मीहरुद्वारा सन् २००९ मा स्थापना गरिएको सो संस्थाले आफ्नो स्थापनाकालदेखि सामाजिक, सांस्कृतिक, राजनैतिक र समाजमा विभिन्न रुपमा पछाडी पारिएका समुदायलाई लक्षित गरी उनीहरुका सवालहरुमा आधारित चलचित्र तथा वृत्तचित्र निर्माण, स्थानीय सामाजिक सवालहरु उजागर गर्नको लागि अधिकारवालाहरुलाई नै चलचित्र निर्माण सम्बन्धी क्षमता विकास तालिम, चलचित्र र मानवअधिकारका बारेमा नियमित छलफल तथा सम्वाद र वार्षिक रुपमा नेपाल मानव अधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्दै आएको छ ।

संस्थाको संयोजनमा सातवटा अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव नेपालमा आयोजना भईसकेको छ । गत ०४ देखि ०७ अप्रिल २०१९ मा काठमाडौंमा सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको थियो । उक्त महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फिल्म मेकर, मानवअधिकारकर्मी, फिल्म समिक्षक, पत्रकार, अनुसन्धानकर्ता, मानवअधिकारमैत्री दर्शक लगायत करिब तीन हजार जनाको सहभागीता रहेको थियो ।

उक्त महोत्सवमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड तथा करिब दुई दर्जन मानवअधिकार क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको सहयोग रहेको थियो । स्वीस विकास सहयोग (एसडिसी)को सहयोगमा काठमाडौं बाहिरका चार जिल्लाहरुमा विस्तारित सातौं नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव मध्ये पाँच नम्वर प्रदेशको दाङ जिल्लामा पनि यो कार्यक्रम हुन थालेको कार्यकारी निर्देशक क्षत्रीले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस