२०७९ माघ २६, बिहीबार

६३ घर परिवारलाई झुल वितरण

जेठ ०८, २०७६  | ९५९ पटक पढिएको

९ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले वडा नम्वर ६ शिवबस्ति टोलका ६३ घर परिवारलाई झुल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि उनीहरुलाई झुल वितरण गरिएको हो । परिवार सँख्याको आधारमा झुल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिए । ३ जनाको परिवार हुनेलाई एउटा, ५ जनासम्म हुनेलाई दुईवटा र सो भन्दा माथि हुनेलाई ३ वटा सम्म झुल वितरण गरिएको पनि माइकलले बताए ।

झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख माया शर्माले जनताको सुख दुखमा स्थानीय सरकार सदैव साथमा रहेको बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत गरेकी शर्माले गरिब र विपन्नका लागि उपमहानगरपालिकाले विभिन्न योजना अगाडि सारेको जानकारी समेत गराइन् । ‘हामीले जे भनेर निर्वाचनमा मत मागेका थियौ ति सबै कुराहरु पुरा गर्नेछौ’ उपप्रमुख शर्माले बताईन् ।

कार्यक्रममा बोल्दै वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले जनताका अपेक्षा क्रमशः पुरा गर्दै अगाडि बढेको बताए । जनताका साना साना आवश्यकतालाई ख्याल गरेर आफुले योजना बनाएको उनको भनाई थियो । कार्यपालिका सदस्य अमर नेपाली माइकलले गरिव र निमुखा जनताको आवश्यकता पुरा गर्नका लागि उपमहानगर प्रतिबद्ध रहेको बताए ।

शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष गोपाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुजमान भण्डारी, स्थानीय विरेन्द्र बुढामगर, नेपाली काँग्रेसका नेता प्रताप केसी र शंकर पौडेल लगायतले मन्तव्य राखेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस