२०७९ माघ २१, शनिबार

“महिलाहरुको लागि पैरवी, सशक्तिकरण तालिम सुरु”

जेठ ०८, २०७६  | १७७५ पटक पढिएको

“वडा नं. २ लाई स्मार्ट बनाउने योजना छ” – आचार्य

– साक्षी खबर
८ जेठ, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नं. २ तकियापुरमा महिला पैरवी तथा सशक्तिकरण र प्रतिवेदन लेखन तालिम सुरु भएको छ । रिपोर्टस् क्लव दाङ्गको आयोजना तथा वडा नम्बर २ को आर्थिक सहयोगमा बुधवार देखि महिला लेखन पैरवी, सशक्तिकरण र प्रतिवेदन लेखन तालिम सुरु भएको हो ।

तस्विर : तालिममा सहभागीहरु/

क्लवले बुधवार एक कार्यक्रमको आयोजना गरि उक्त तालिमको उद्घाटन गरेको हो । रिपोर्टस् क्लव दाङ्ग शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहनगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु आचार्यले वडा नम्बर २ लाई नमुना वडाका रुपमा विकास गर्ने लागी परेको बताए । उनले पश्चिम दाङ्गको विकासका लागि आफुले हरेक निकायसँग समन्वयकारी भूमिका खेल्दै अगाडी बढ्ने बताए ।

उनले महिलाहरुको सशक्तिकरण र क्षमता विकासका लागी तालिम, गोष्ठी, सेमिनारहरु निरन्तर सञ्चालन गर्दै जाने समेत बताए । वडा नम्बर २ का जनताहरुको हरेक विकास र क्षमता अभिवृद्धिका लागी गाउँगाउँमा आवश्यक अनुसारका तालिमहरु सञ्चालन गर्दे जाने बताए ।

तालिम सिकेर आफु मात्र लागु नगरौ, अरुलाई पनि सिकाउ भन्ने सोचको विकास गर्न जरुरी छ, उनले भने । साथै उनले वडा नं २ लाई स्मार्ट वडा बनाउन सबै एक भएर हातेमालो गर्दै अगाडी बढ्नुपर्ने समेत बताए ।

कार्यक्रममा वडा सदस्य राजकुमार केसी, कविराज चौधरी, कमला थापा, सरिता बिक, समाजसेवी राममणी नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । बुधवार ८ गते देखि सुरु भएको उक्त तालिम ११ गते सम्म सञ्चालन हुने छ । ३० बढी महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेल, रेडियो सञ्जिवनीका समाचार प्रमुख विमल गौतम लगायतका रहेका थिए । ४ दिन सम्म सञ्चालन हुने तालिममा महिला अधिकारकर्मी, कानुन व्यवसायी र सुरक्षा प्रमुखहरुले प्रशिक्षण
दिने भएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस