२०७९ माघ १३, शुक्रबार

सात ग्राम ब्राउनसुगरसहित एक पक्राउ

जेठ ०८, २०७६  | १०८२ पटक पढिएको

८ जेठ, लमही / दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो ।

नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार लमही क्षेत्रमा ब्राउनसुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाई पक्राउ गर्न सफल भएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस