२०७९ माघ १३, शुक्रबार

कलाकारको पोल्टामा खसी

जेठ ०७, २०७६  | १६४६ पटक पढिएको

७ जेठ, तुलसीपुर / कलाकार र पत्रकार बिच भएको मैत्रीपुर्ण खसी कप फुटबल प्रतियोगिताको बाजि कलाकारको टिमले मारेको छ । चलचित्र पत्रकार संघ दाङको आयोजनामा सञ्चालित प्रतियोगितामा पत्रकार टिमलाई शुन्यका विरुद्ध ४ गोल अन्तरले पाखा लगाउँदै कलाकारको टिमले बाजि मारेको हो । उसले खसी हात पार्यो ।

प्रतियोगिताको समापन समारोह चलचित्र पत्रकार संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सुदिप गौतमको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव सन्तोष केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस