२०७९ माघ १३, शुक्रबार

गोरखा माविलाई टि.टि. बोर्ड

जेठ ०७, २०७६  | १२९८ पटक पढिएको

७ जेठ, तुलसीपुर (दाङ) / दाङ जिल्ला टेवल टेनिस संघले गोरखा मावि तुलसीपुरलाई टि.टि.बोर्ड प्रदान गरेको छ । संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी गोरखा मा. वि.का प्रिन्सिपल विजय जि.एम. खेलकुद संयोजक मोहन सु्नार लगायतको गोरखा टिमलाई जापानी प्रविधीबाट निर्मित स्टेग कम्पनीको दुई लाख पचास हजार बराबरको टिटि बोर्ड प्रदान गरेको हो ।

विद्यालय स्तरबाट टेवल टेनिस खेलको विकास र विस्तार गर्ने उद्देश्य राखेको संघले खेल पुर्वाधार विकासमा लगानी र गतिविधिका माध्यमबाट जिल्लामा अब्बल रुपमा आफु्लाई प्रस्तुत गर्दै आएको गोरखा मा.वि.लाई टि.टि. बोर्ड प्रदान गरिएको संघका अध्यक्ष सिताराम शर्माले बताए ।

“गोरखा माविले एथ्लेटिक्स, फुटबल, क्रिकेट लगायतका खेलमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ । खेल विकासमा यसको भूमिका उच्च छ, अब टेवल टेनिस खेलमा पनि राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्छ भन्ने मान्यताका साथ टि.टि. वोर्ड प्रदान गरेका छौ” – शर्माले भने ।

गोरखा मा.वि. का प्रिन्सिपल विजय जिएमले खेल विकासको हाम्रो सोचमा संघले पुर्याएको सहयोगले थप उर्जा प्रदान गरेको बताए । उनले संघले हाम्रो विद्यालय प्रति देखाएको माया र विश्वासले प्रभावकारी खेलगतिविधीको अभियानलाई अझ उचाईमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

खेल संयोजक मोहन सुनारले विद्यालयको पुर्ण खेलमैत्री भावनामा संघको सहकार्यले थप हौसला प्रदान गरेकाले सिंगो दाङ जिल्ला टेवलटेनिस संघ प्रति अभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष ऋषि राज लहरे (अरुण), टेवल टेनिस सहायक प्रशिक्षक केशव प्रसाद श्रेष्ठ, संघका सदस्य तथा खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जि.सी., विज्ञान संकाय संयोजक विष्णु भण्डारी, शिक्षक पूर्ण विक्रम डाँगी, बामदेव साप्कोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कमल भण्डारीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस