२०७९ माघ २६, बिहीबार

फोक्सुण्डोमा युवा मृत फेला

जेठ ०७, २०७६  | ७९५ पटक पढिएको

खलङ्गा, जेठ ७ /

डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो ।

जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो ।

खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा सङ्कलक भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस