२०७९ माघ २४, मंगलबार

आफ्नै रेकर्ड तोड्दै एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण

जेठ ०७, २०७६  | ९०७ पटक पढिएको

– सन्तोष राउत

७ वैशाख, सोलुखुम्बु / साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

सोलुखुम्बु थामेका शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गर्नुभएको सगरमाथा आधारशिविरबाट नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । जेठ १ गते बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेक्नुभएका शेर्पाले सातदिनभित्र दुई पटक सगरमाथाको आरोहण गर्नुभएको हो ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । यस पटकको दुवै आरोहण शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत गर्नुभएको हो ।

यो राष्ट्रकै गौरवको कुरा भएको पर्यटन व्यवसायीहरु बताउँछन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएका कामीरिताले आरोहणअघि २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउनुभएको थियो । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताउनुभयो ।

यसअघि २१ पटक सगरमाथा चढेका कीर्तिमानधारी आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसक्नुभएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस