२०७९ माघ १७, मंगलबार

दाङको बबई गाउँपालिकामा आँखा शिविर सञ्चालन हुने

जेठ ०६, २०७६  | १५९७ पटक पढिएको

– बालकृष्ण पाण्डे
६ जेठ, हापुरे / दाङको बबई गाउँपालिकामा आँखा शिविर सञ्चालन हुने भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग तथा राप्ति आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा आँखामा लाग्ने रोग मोतिया बिन्दुको छनौट शिविर सञ्चालन गर्न लागिएको राप्ति आँखा अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

आँखा शिविर भोली बबई गाउँपालिका वडा नं. ७ को सरस्वती माबि चरक मटियामा सञ्चालन हुने भएको छ । त्यस्तै ११ गते हापुरेको मावि पदमपुरमा र १८ गते हंसपुरको जनतामा माविमा सञ्चालन हुने पनि बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताएका छन् ।

शिविरमा ४५ वर्ष उमेर पुगेकाहरुले जाँच गराउन सकिने बताइएको छ । मोतिया बिन्दु छनौट शिविरबाट मोतिया बिन्दु भएका बिरामीहरुका लागी आँखा अस्पतालमा निःशुल्क अप्रेसन गरिने पनि अस्पताल स्रोतले बताएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस