२०७९ माघ १३, शुक्रबार

उपराष्ट्रपति चिल्ड्रेन गेमका लागि दाङबाट खेलाडी छानिए

जेठ ०६, २०७६  | १२५६ पटक पढिएको

– लक्ष्मण बस्नेत
६ जेठ, दाङ / प्रदेश नं. ५ स्तरिय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेमका लागि दाङबाट खेलाडी छानिएका छन् ।

दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित जिल्ला स्तरिय छनोट प्रतियोगितामा एथ्लेटिक्स र कराँते खेलका खेलाडी छनोट गरिएको हो ।

जसअनुसार एथ्लेटिक्स छात्रा तर्फ सुशिला चौधरी, करुणा रिजाल, सपना रिजाल, विर कुमारी मगर र मेघा भुषाल छनोट पर्न सफल भए । त्यस्तै छात्र तर्फ दिनेश श्रेष्ठ, चित्र बहादुर बस्नेत, विवश चौधरी, अजित चौधरी र भानुभक्त वली छनोटमा परेको एथ्लेटिक्स प्रशिक्षक पद्मा चौधरीले जानकारी दिएकी छन् ।

त्यस्तै कराँते कुमुते छात्र तर्फ ३० केजी तौल समुहमा उज्वल बुढामगर, ३५ केजीमा विजय खड्का र ४० केजीमा विशेष बुढामगर छनोट परे । त्यस्तै छात्रा कुमुते ३० केजी तौल समुहमा प्रकृती विष्ट, ३४ केजीमा एलिना वुढामगर र ३८ केजी तौल समुहमा कृतिका झाक्री छनोटमा पर्न सफल भए ।

यसैगरी छात्र एकल काता पुरुष तर्फ विशेष बुढामगर र महिलामा एलिना बुढामगर छनोट भएको दाङ जिल्ला कराँते संघका सचिव मोहलाल थापाले जानकारी दिएका छन् ।

जिल्ला छनोटमा परेका खेलाडीहरुले प्युठान जिल्लामा यहि जेठ ९ र १० गते हुने ५ नं. प्रदेश स्तरिय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेममा प्रदेश नं. ५ भित्रका अन्य जिल्लाका खेलाडीहरुसंग कडा प्रतिस्पर्धा गर्नेछन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस