२०७९ माघ १३, शुक्रबार

सहज परियोजनाको परिचयात्मक बैठक सम्पन्न

जेठ ०६, २०७६  | ९१६ पटक पढिएको

– निराश पाण्डे
६ जेठ, दाङ / डिएफ आइडिको आर्थिक सहयोग भिएसओ नेपाल र इन्टरनेसनल अलर्ट्स संगको साझेदारीमा माहुरी होम कपिलवस्तुद्वारा सञ्चालित सहज परियोजनाको परिचयात्मक बैठक सोमबार शान्तिनगरको चिराघाटमा सम्पन्न भएको छ ।

शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाह, आइ एन एफ दाङ्गकी प्रोजेक्ट अफिसर सिता थापा, माहुरी होम संस्थाका कोषाध्यक्ष जय प्रकाश पाण्डे र बिष्णु नेपालीले बोलेका थिए । संस्थाले प्रदेश नम्बर पाँचका दाङ्ग, कपिलवस्तु, प्युठान, नवलपरासी, रुपन्देही, रोल्पा र बाँकेमा आफ्नो कार्यक्रमलाई विस्तार गरेको छ ।

साथै संस्थाले शान्तिनगरको तिन र चारमा पनि कार्यक्रम सञ्चालन गरेको जनाइएको छ, भने कार्यक्रमको सहजीकरण परियोजना कार्यक्रम अधिकृत पार्वति नेपालीले गरेकी थिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस