२०७९ माघ १७, मंगलबार

दंगीशरणको गाउँसभा सम्पन्न

जेठ ०५, २०७६  | ११५३ पटक पढिएको

– दिप्तीशिखा चौधरी,
५ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिकामा आज आईतबार गाउँसभा अधिवेशन सम्पन्न भएको छ । आ.व. ०७५/०७६ मा विनीयोजीत विभिन्न बजेट, योजना तथा कार्यक्रमलाई विभिन्न शिर्षकमा संसोधन गर्ने भन्ने प्रस्तावलाई सभाले पारित गरेको छ । गाउँसभाले गाउँपालिकाका सात वटै वडाहरु तथा गाउँपालिकामा विभिन्न शिर्षकहरुमा विनियोजित जम्मा रु.१ करोड ९१ लाख ५ हजार कूल बजेट अन्य विभिन्न शिर्षकमा संशोधन गर्ने निर्णय पारित गरेको हो ।

साथै गाउँसभाले गाउँपालिकाको भैपरी आउँने पूँजीगत खर्च शिर्षकमा छुट्याईएको कूल २४ लाख ३० हजार बजेटलाई आ.व.०७५/०७६ मा अनिवार्य रुपमा सम्पन्न गर्नुपर्ने भनी ७ वटै वडाका विभन्न योजनाहरु थप गर्ने भन्ने निर्णय पारित गरेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकाले हासिल गरेका उपलब्धिहरु सभा समक्ष प्रश्तुत गरेका थिए । सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संसोधन गर्ने भनी प्रस्ताव गरिएका विभिन्न योजना तथा कार्यक्रमलाई सभा समक्ष प्रस्तुत गरेका थिए । उक्त संसोधन प्रस्तावलाई सभाले सर्व सम्मत रुपमा पारित गरेपछि अध्यक्ष चौधरीले गाउँसभा समापन भएको घोषणा गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस