२०७९ माघ २६, बिहीबार

पहिलो पटक गाउँमै निःशुल्क आँखा चेकजाँच गर्न पाउँदा स्थानीय खुसी

जेठ ०४, २०७६  | ११५६ पटक पढिएको

४ जेठ, लमही / लमही नगरपालिका –१ सिलतापुरकि ७४ वर्षिय सुन्दरी सार्कीको आँखामा समस्या देखिएको धेरै भएको थियो । अस्पताल सम्म लैजाने कोही थिइन् । तर गाउँमा निःशुल्क आँखा उपचार सेवा पाउँदा उनले खुसी व्यक्त गरिन् । उनी जस्तै पैसाको अभावका कारण आँखा चेकजाँच गराउन नपाएकी अर्को गौरी केसीले पनि घर आगनमै आँखा शिविर आएपछि आफुहरुलाई सहज भएको बताइन् ।

शनिवार जनप्रतिनिधि सहित गाउँमै निःशुल्क आँखाको सेवा पाउँदा त्यहाँका सबैले खुसी व्यक्त गरेका थिए । ‘स्थानीय सरकारले पहिलो पटक यहाँ आँखा शिविर बसालेका छ, हामीहरु निकै खुुसी छौं’ – स्थानीय कमल रिजालले भने । लमही नगरपालिका –१ को आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा चेकजाँच उपचार शिविरमा उनीहरु जस्तै १ सय ५१ जनाको आँखा चेकजाँच गरिएको थियो ।

लमही नगरपालिका वडा नंं १ का वडाध्यक्ष नुमराज पौडेलको अध्यक्षता नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको प्रमुख आतिथ्यता एव संघका सहसचिव घनस्याम सुवेदीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमा बोल्दै प्रमुख अतिथि खड्काले स्थानीय सरकार संगको सहकार्यमा मात्र दृष्टि विहिन्ताको समस्या न्यूनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले विभिन्न स्थानमा साझेदारी कार्यक्रम सुरु गरेको बताए ।

कार्यक्रममा वडाध्यक्ष पौडेलले चुनावमा आफुले दिएका प्रतिबद्धताहरुलाई पुरा गदै आएको भन्दै जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन आफुहरुले शिविरको आयोजना गरेको बताए । उनले ज्येष्ठ नागरिहरुलाई उज्यालो प्रदान गर्न आँखा शिविरको आयोजना गरेका बताए ।

पौडेलले आँखा अस्पतालको प्राविधिक सहयोग र वडाको आर्थिक सहयोगमा जनतालाई उज्यालो प्रदान गर्ने कार्यक्रम सुरु गरेको बताए । कार्यक्रममा आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले लमही नगरपालिका भित्र रहेका मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने उद्देश्यले आँखा चेकजाँच कार्यक्रम आयोजना गरेको भन्दै शिविरमा भेटिएका मोतियाविन्दुका विरामीहरुलाई नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गर्ने बताए । उनले नगरपालिका र अस्पताल बिच मोतियाविन्दुको शल्यक्रियाका लागि साझेदारी कार्यक्रम यस वर्ष सुरुभएको बताए ।

थापाले भौतिक अभावका कारण अस्पतालमा सेवा प्रवाहका कठिनाई हुदै गएको भन्दै नगर र वडाले सहयोग गर्नुपर्ने बताए । लमही आँखा अस्पतालका दृष्टि विशेषज्ञ मदन चौधरीको नेतृत्व गएको प्राविधिक टोलिले आँखा चेकजाँच गरेको थियो । चेकजाँच गरीएका मध्य ३ जना बिरामी मोतियाविन्दुका र ५ जना आँखामा मासुपलाएका भेटिएको चौधरीले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस