२०७९ माघ २१, शनिबार

“मदन आश्रितको सपना साकार पार्नु पर्छ” : नेता के.सी

जेठ ०३, २०७६  | ११२६ पटक पढिएको

– दिप्तीशिखा चौधरी
३ जेठ, दंगीशरण (दाङ) / नेकपाका प्रदेश कमिटी सदस्य गिरीराज के.सी.ले मदन भण्डारीको राजनीतिक योगदान अविश्मरणीय रहेको भन्दै उहाँको सपना पूरा गर्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाली कम्यूनिष्ट आन्दोलनलाई प्रगतिशील, आर्थिक र सामाजिक सारसहितको लोकतान्त्रिक प्रतिस्पर्धाको सिद्धान्तमा डोर्याउने आधिकारीक दस्तावेज भण्डारीले नै दिएको भन्दै के.सीले त्यसलाई नेकपाले मार्गदर्शन सिद्धान्तको रुपमा लिन आग्रह गरेका हुन् । उनले भने— “नेपाली कम्यूनिष्ट आन्दोलनका एक अग्रणी योद्धा मदन भण्डारी तथा जिवरात आश्रितको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । तपाईहरु आज बाटै उनको सपना साकार पार्न तर्फ लाग्नुस् सरकार अनुभूती गर्न राज्यको संरचना परिवर्तन भएको बस्ती बस्तीमा मदन आश्रितको देनलाई छोड्नुस् जनताहरुको चाहना अनुसार जनवादि क्रान्ति अंगालेर विकास निर्माणमा जुट्नुस् ।”

साथै उनले वि.सं. २०५० जेठ ३ गतेका दिन चितवनको दासढुङगामा रहस्मय जिप दुर्घटनामा भण्डारी र आश्रितको ज्यान गएको र त्यो दुर्घटना दुर्घटना नभएर हत्या भएको दाबी गर्दै नियोजित थियो वा सामान्य भन्ने कानुनी र तार्किक निष्कर्ष जनताले अझै सुन्न नपाएको ठोकुवा गरे । दंगीशरण गाउँपालिका स्थित पार्टि कार्यालयमा आज शुक्रबार भएको २६ औँ मदन आश्रित स्मृती सभामा उनले यस्तो बताएका हन् ।

सो अवसरमा नेकपाका हुकुम बहादुर बस्नेतले सहिदहरुको ईच्छा, शक्तिलाई मर्न नदिई मार्ग दर्शनका रुपमा लिई पश्चिम क्षेत्रमा नेकपाको खम्बा गाड्नुपर्ने बताए । विकास निर्माणका कामहरु नेकपाको सरकारले गरेपछि मैले विकास गरेको हुँ भन्ने दावेदारहरु जन्मिनाले देशमा समस्या आएको बताए । उनले नेकपाले गरेको विकास निर्माणका कामहरुका बारेमा जनतालाई बुझाउन कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा नेकपाका जिल्ला सदस्य सिमा न्यौपाने, जिल्ला कमिटी सदस्य एम.एन शाह लगायतले बोलेका थिए । दंगीशरण गाउँपालिकाका नेकपाका अध्यक्ष भरत अधिकारीको अध्यक्ष्ता एवं प्रदेश कमिटीका सदस्य गिरीराज के.सीको प्रमूख आतिथ्यता तथा नेकपाका हुकुम बहादुर बस्नेतको विशीष्ट अतिथिमा स्मृतिसभा सम्पन्न भएको हो । दंगीशरण गाउँपालिकाका नेकपा कार्यकर्ताहरुको उपस्थिती भएको सभाको सहजीकरण गाउँपालिका नेकपाका सचिव धनविर चौधरीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस