२०७९ माघ १३, शुक्रबार

लागुऔषध दुव्र्यशन र मादक पदार्थको सेवन सबैभन्दा ठुलो चुनौति

जेठ ०२, २०७६  | १२०४ पटक पढिएको

– साक्षी खबर
२ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका—७ अन्तर्गतका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु तथा अभिभावकहरुले ‘से नो ड्रग्स’को प्रतिबद्धता व्यक्त गरेका छन् ।

मावि कालाखोलामा आयोजना गरिएको एक अन्तरक्रिया तथा सचेतनामुलक प्रशिक्षण कार्यक्रमपछि उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लागुऔषध दुव्र्यसन मुक्त समृद्ध समाज निर्माणको अभियानलाई साकार पार्न यस्तो सामुहिक प्रतिवद्धता व्यक्त गरिएको हो । तुलसीपुर उपमहानगरपालिका—७ को सहयोग तथा रिर्पोटस क्लव नेपाल दाङको आयोजनामा सम्पन्न एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सभ्य र समृद्ध नागरिकबाट मात्र सभ्य र समृद्ध नगरको परिकल्पना सम्भव हुने भन्दै लागुऔषधको कुलतबाट जोगाउने अभियानमा लाग्न विद्यार्थिहरुलाई आग्रह गरे ।

लागुऔषध दुव्र्यसन र मादक पदार्थको सेवन अहिले विश्वमै सवैभन्दा ठुलो चुनौति रहेको भन्दै यसबाट जोगिन हरेक नागरिकहरुले स्वमुल्यांकन र आत्मसमिक्षालाई स्विकार गर्नुपर्ने सुझाव दिए । साथै यस्तो अभियानमा उपमहानगरपालिकाको पनि निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि तथा पाँच नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजि पिताम्वर अधिकारीले घरेलु हिंसा, यौनजन्य अपराध, सडक दुर्घटना, आत्महत्या तथा हरेक प्रवृत्तिका अपराधहरु लगुऔषध दुव्र्यसनीकै कारण हुने भएको बताउंँदै यस्तो कुलतमा नलाग्न हरेक समुदायमा जागरण ल्याउनुपर्ने बताए । यसमा पनि विद्यार्थिहरुको अहम् भूमिका रहेको स्पष्ट पारे ।

‘लागुऔषध दुव्र्यसनीहरु मध्ये कम्तिमा ८० प्रतिसत व्यक्तिहरुले १५ वर्षकै उमेरमा कुलतमा प्रवेश गर्ने गरेका छन्, यसैले विद्यालयमा अध्ययनरत विद्यार्थिहरु यसबाट बेलैमा जोगिन आवस्यक छ’, डिआइजि अधिकारीले भने, ट्राइ टेस्ट र त्यसपछि हेविटमा परिणत हुने प्रवृतिलाई विशेष ध्यान दिनुपर्छ । लागु औषध ट्राइ गर्ने अवस्था कतिबेला आउँछ भन्नेमा अत्यन्तै संवेदनशिल हुन पनि उनले विद्यार्थि तथा अभिभावकहरुलाई आग्रह गरे ।

सो अवसरमा वडा नम्बर ७ का अध्यक्ष टोप बहादुर केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द शारु, लगायतले मन्तव्य व्यक्त गरेका थिए । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको एक दिने प्रशिक्षण कार्यक्रममा लागु औषध दुव्र्यशनी विरुद्ध कानुनी कारवाहीको अवस्थाका विषयमा वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, लागु औषधको दुव्र्यसनीमा फसी सकेपछि त्यसबाट मुक्ति पाउने विषयमा नयाँ पाइला पुर्नस्थापन केन्द्रका प्रबन्ध निर्देशक सुरेश भुषाल र लागुऔषध दुव्र्यसनीलाई कानुनी कारवाहीका विषयमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रेम शाहीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा वडामा रहेका ९ वटा विद्यालयका कम्तिमा एक सय जना प्रशिक्षार्थिको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको सहजीकरण क्लवका सचिव विमल गौतमले गरेका थिए ।

 

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस