२०७९ माघ २१, शनिबार

बंगुरपालन तालिम सुरु

जेठ ०२, २०७६  | १०४५ पटक पढिएको

– निराश पाण्डे
२ जेठ, दाङ / शान्तिनगर गाउँपालिका वडा नम्बर दुईको आयोजनामा आदिवासी जनजातीहरुका लागि दुई दिने बंगुर पालन तालिम आज देखि बाघमारेमा सुरु भएको छ ।

महिलाहरुलाई आत्म व्यवसायमा आत्म निर्भर गराउने उद्देश्यले सञ्चालित तालिमको उद्घाटन शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले गरेका छन् ।

वडा नम्बर दुइका वडा अध्यक्ष फर्सा राम डाँगीको सभापतित्व एवं गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको प्रमुख आथित्यता र प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी.को विशिष्ट आथित्यतामा सप्पन्न कार्यक्रममा वडा नम्बर दुईका बिस जना महिलाहरुको सहभागिता रहेको छ ।

तालिमको प्रशिक्षकमा केशव बस्नेत, चित्र बहादुर केसी र गिता केसी रहेका छ्न् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस