२०७९ माघ १३, शुक्रबार

दंगीशरणका सात वटै वडाको लागत संकलनको काम सकियो

जेठ ०१, २०७६  | १०६२ पटक पढिएको

– दिप्तीशीखा चौधरी
१ जेठ, दंगीशरण / प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिकाको बेरोजगारहरुको लगत संकलनको काम सकिएको छ । जसमा दंगीशरणको सात वटै वडाबाट जम्मा ३ हजार ८ सय ६२ जनाले बेरोजगार फाराम भरेका छन् । स्थानीय तह मार्फत बेरोजगारहरुको लगत संकलन गर्ने उद्देश्यले दंगीशरणको ७ वटा वडाबाट आवेदन संकलन गरिएको थियो ।

दंगीशरण गाउँपालिकाको वडा नं. १ बाट ३ सय ८ जना, वडा नं. २ बाट ३ सय ६५ जना, वडा नं. ३ बाट ६ सय ३०, वडा नं. ४ बाट ५ सय २५ जना, वडा नं. ५ बाट ६ सय ३२, वडा नं. ६ बाट ९ सय ४० जना र वडा न. ७ बाट ४ सय ६२ जना गरि जम्मा ३ हजार ८ सय ६२ जनाले फाराम भरेका दंगीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरिले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको बेराजगार सूचि दर्ता गर्नका लागि दोस्रो पटक थपिएको म्याद मंगलबार सकिएको छ । दंगीशरण गाउँपालिकाका रोजगार संयोजक गिरीका अनुसार २०७६ बैशाख अन्तिम दिनसम्म बेरोजगारको आवेदन संकलनको कार्य गरिएको थियो ।

फाराम भर्नका लागि नागरिकताको प्रतिलिपी, तालिम तथा कार्य अनुभवको प्रतिलिपी आवेदनमा बुझाएर बेरोजगार फाराम भर्न सकिने व्यवस्था थियो । काम र रोजगारलाई प्राथमिकता दिदैँ सरकारले बेराजगारलाई स्वरोजगार बनाउन यो कार्यक्रम शुरु गरेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस