२०७९ माघ १३, शुक्रबार

बुटिक कडाई तालिम लिइरहेका महिलाहरु खुशी

बैशाख ३१, २०७६  | १६७० पटक पढिएको

३१ वैशाख, दंगीशरण ।
दंगीशरण गाउँपालिका वडा न. ४ कि दुर्गा बस्नेत कपडामा बुट्टा बनाउँदै थिइन् । आँखा नै तिरमिराउने त्यो बुट्टाले सेतो कपडाको सोभा बढाएको थियो । कपडामा धर्सा परेका बुट्टा भर्न आँखालाई अलि तेजिलो बनाउनु पथ्र्यो । उनी त्यसैगरी घोप्टो परेर आँखा ठूला पारेर बुट्टा भर्न मै मस्त थिईन् । मैले सोधे सिक्ने मात्र हो कि पछि व्यवसायीकरण पनि गर्ने ? उनी फिस्स हास्दँै भनीन् — “व्यवसायीक बन्छु घरकै काम गरेर बस्नु भन्दा यस्तै गरेर पैसा कमाउनु पर्ने रैँछ अब त बुझेँ आफनो हातमा सिप भएपछि पैसा पनि हुने रैछ । तालिम लिईसकेपछि आफु जस्तै अरु महिलालाई पनि सिकाउन उद्देश्य लिएकी छु ।”

यस्तै कपडामा बुटट भरिरहेकि अस्मीता बुढाथोकी वडामा महिलाहरुका लागि बुटिक कडाई तालिम सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरिन् । घरमा के गरम के नगरम भनेर बसेको बेला महिलाहरुको क्षमता देखाउँने यो तालिम लिन पाउँदा आफुलाई अवसर नै जुरेको जस्तो लागेको बताईन् । उनले भनिन् यस्तो तालिम पाएकै थिएनम वडामा यो कार्यक्रम पर्यो खुसी लागेको छ । सिता वि.क वडा न. ३ बाट तालिममा सहभागीता जनाएकि रहिछन् । यो तालिम उनका लागि नौलो लाग्यो । सिता वि. क ले भनिन् महिलाहरुका लागि यस्तै तालिम संचालन गरिदियो भने पछि सम्म दिगो रहनेछ । म तालिम लिईसकेपछि व्यवसाय नै संचालन गर्ने सोचमा छु वि.क ले भनिन् । यो भनाई दंगीशरण गाउँपालिका वडा न. ४ मा सञ्चालन गरिएको ४५ दिने बुटिक कडाई तालिममा सहभागी महिलाहरुको हो । उनीहरु आफुहरुका लागि यो नौलो तालिम रहेको बताउछन् । अबका दिनमा महिलाहरुका लागि यस्तै व्यवसायमूलक तालिम सञ्चालन गरिदिन पनि आग्रह गरेका छन् ।

दंगीशरण गाउँपालिका वडा न. ४ को आयोजनामा संचालन भएको बुटिक कडाई तालिमको प्रशिक्षकमा रेखा बस्नेत रहेकी छिन् । तालिममा ९ जना महिलाहरुको सहभागिता रहेको छ । वडा न. ४ का अध्यक्ष नेव बहादुर कवँरको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष पिमा कुमारी खड्को विशिष्ट आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस