२०७९ माघ २४, मंगलबार

शल्यक्रिया गरिएका बिरामीहरुलाई चश्मा तथा औषधी वितरण

बैशाख ३१, २०७६  | ११६४ पटक पढिएको

– साक्षी खबर
३१ वैशाख, लमही । लमही आँखा अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया गरिएका बिरामीहरुलाई निःशुल्क चश्मा तथा औषधी वितरण गरिएकोछ । लमही नगरपालिका वडा नं. ५ को आर्थिक तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतियाविन्दुको शल्यक्रिया गरिका १८ जना बिरामीहरुलाई मंगलवार आँखा अस्पतालमा निःशुल्क चश्मा तथा औषधी वितरण गरिएको हो ।

लमही आँखा अस्पतालका नेत्रविशेषज्ञ निता सुनामको अध्यक्षता तथा वडा नं. ५ का अध्यक्ष विनबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघका सहकोषाध्यक्ष घनश्याम सुवेदी, सदस्य तिलकबहादुर केसी, अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापा लगायतले शल्यक्रिया गरिएका बिरामीहरुलाई चश्मा तथा औषधी वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा नं ५ का अध्यक्ष केसीले वडामा रहेका ज्येष्ठ नागरिहरुको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने कार्यक्रम अन्र्तगत शल्यक्रिया गरीएको बताए । उनले यस कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने समेत बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस