२०७९ माघ २६, बिहीबार

प्राथमिकताको आघारमा योजना छनोट गर्नुपर्ने

बैशाख ३१, २०७६  | १०२८ पटक पढिएको

३१ वैशाख, तुलसीपुर /
विकास निर्माणमा आएको बजेट सहि रुपमा सदुपयोग हुनुपर्ने सहभागीहरुले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नंं ४ ले मंगलवार वनहरीका आयोजना गरेको योजना छनोट भेलामा सहभागीहरुले सो कुरा बताएका हुन् । उनीहरुले विकास निर्माणको क्रममा कस्तो किसिमको काम भएको छ र कहाँ कति बजेट खर्च भयो भनेर जनप्रतिनिधिहरुले प्रत्यक्ष निगरानि गर्नपनि आग्रह गरेका छन् ।

त्यस्तै सहभागीहरुले बजेट पहुँचका भरमा भन्दा पनि आवश्यकताको आधारमा वितरण गर्नुपर्ने सुझाव दिएका थिए । भेलामा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले टोल समुहबाट साझा योजनाहरु छनोट गर्नुपर्ने बताए । उनले आवश्यकताको आधारमा योजनाहरु छनोट गरि बजेट विनियोजन गर्न सुझाव दिए ।

कहाँ पहिलो अत्यावश्यक छ विकासको त्यसरी नै योजना छनोट गरौं उनले भने । त्यस्तै भेलामा बोल्दै वडा नंं ४ का वडाध्यक्ष बालकृष्ण रानाले सिमीत बजेट वडामा आएका कारण सवै क्षेत्रको विकास हुन नसकेको बताए । उनले वडालाई दिएको एक करोड बजेट ३० लाखको वजेटका साथै अन्य गरि करिव साढे तिन करोड बजेटले यस आर्थिक वर्षमा विकास निर्माण गरेको बताए । उनले वडामा लागत सहभागीताका कालोपत्रेका लागि आएको १७ लाख बजेट फिता गएको समेत बताए । अध्यक्ष रानाले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट घटेको भन्दै ८० लाख मात्र वडामा आउने भएको भन्दै सोही अनुसार योजना छनोट गर्ने बताए ।

‘यस आर्थिक वर्षमा उपमहानगरमा राजश्व कम उठेकाले करिव ३० करोड घाटा बजेटछ त्यसैले आउने वर्षमा बजेट घटने भएकाले सोही अनुसार योजना छनोट गरेका छौं’ उनले भने । भेलामा नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्रबहादुर खड्का, स्थानीय गणेशबहादुर गिरी, शिवराजसिंह ठकुरी, लेखराज कार्की, शोभाराम बुढाथोकी, तारा देवकोटा लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण सचिव लोकमणि पोख्रेलले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस