२०७९ माघ १७, मंगलबार

तुलसीपुर नगर जेसीजले जेसीज सप्ताह गर्दै

बैशाख ३१, २०७६  | १३४८ पटक पढिएको

– साक्षी खबर
३१ वैशाख, तुलसीपुर ।

तुलसीपुर नगर जेसिजले जेसिज सप्ताह गर्ने भएको छ । जेसिजले सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । आज जेसीजले रिर्पोटस् क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जेठ २ गते देखि सप्ताह शुरु गर्ने जनाएको छ ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जेठ २ गते सप्ताहको उदघाटन तुलसीपुरको समिक्षालयमा गर्ने जनाएको छ । उक्त दिन रगत परिक्षण तथा रक्त समुह छुटाउने गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि सप्ताहको दोस्रोदिन मावि दोघरेमा ईलेक्ट्रीकल फिल्टर हस्तान्तरण कार्यक्रम, तेस्रो दिन अर्थात जेठ ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १४ को भोजपुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजन गर्ने जनाएको छ ।

त्यसैगरि जेठ ५ गते तुलसीपुर भित्रने ४ वटै नाकाहरु दक्षिणको वडा नम्वर १३, उत्तरको वडा नम्वर ३, पश्चिमको माथिल्नो वाटोमा वडा नम्वर १, पश्चिमकै तल्लो बाटो वडा नम्वर २ र पुर्वका वडा नम्वर १८ मा स्वागतद्वारा स्थापना गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यसैगरि जेठ ६ गते तुलसीपुरको होटल वेष्टर्न प्यालेशमा लागु औषध दुव्र्यशनी न्युनिकरण सम्बन्धी कार्यक्रम गर्ने, जेठ ७ गते तुलसीपुरमा निशुल्क मोवाईल मर्मत तालिम संचालन गर्ने र जेठ ११ गते कार्यक्रमको समापन गर्ने कार्यक्रमर रहेको छ । उक्त दिन तु्लसीपुर ४ मा रहेको चमेरे गुफाको प्रर्वद्धनका लागि अन्र्तक्रिया तथा वनभोजको आयोजना गरिएको जेसीज सप्ताह मुल आयोजक समितिका संयोजक केशव केसिले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनका जेसीजका अध्यक्ष मेघराज घिमिरे, रिर्पोटस् क्लव दाङका अध्यक्ष शरद रेग्मी, प्रवक्ता नारायण भट्टराई लगायतकाले बोलेका थिए । पत्रकार सम्मेलनको सहजीकरण जेसीजका महासचिव मोहन स्वर्णकाले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस