२०७९ माघ २१, शनिबार

बबईघाटको शवदाहस्थल सरसफाई

बैशाख ३१, २०७६  | ७९६ पटक पढिएको

३१ बैशाख, तुलसीपुर /

तुलसीपुर उपमहानगरपालिका—१२ बवईघाटको शबदाहस्थलमा आज सरसफाई गरिएको छ । रेडियो हाम्रो पहुँच एफएमको आयोजना तथा श्रीराम फर्निचर तुलसीपुरको सहयोग एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा शवदाहस्थल सरसफाई गरिएको हो ।

शवदाहस्थलमा फोहर जम्मा हुँदेै गएपछि हाम्रो पहुँचका बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी, श्रीराम फर्निचर उद्योगकका संचालक नवराज गौतम, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, नेपाल प्रहरी लगायतको सहभागितामा सरसफाई गरिएको हो ।

रेडियो हाम्रो पहुँच एफएमले सामाजिक उत्तरदायित्व अन्तर्गत आज बवईघाटको शवदाहस्थल सरसफाई गरेको रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलले जानकारी दिए ।

रेडियो हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा ग्रिन तुलसीपुर क्लिन तुलसीपुरका अभियान्ता बिमल रिजाल, श्रीराम फर्निचर उद्योगका संचालक नवराज गौतम लगायतले सार्वजनिक ठाँउको सरसफाईले समाजलाई श्रृजनशिल बनाउने बताए ।

सरसफाई कार्यक्रममा हाम्रो पहुँच बहु्उद्देश्यीय सहकारी संस्थाका कार्यवाहाक व्यवस्थापक डिआर भण्डारीले शवदाहस्तलको सरसफाई गरि रेडियोले सामाजिक उत्तरदायित्वलाई व्यवहारिक रुपमै कार्यान्वयन गरेको बताए । कार्यक्रमको सहजीकरण स्टेशन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।

कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हाम्रो पहुँच, बचत तथा ऋण परियोजना, सहकारी पेट्रोल पम्प, हाम्रो पहुँच विद्यालय र तुलसीपुरमा रहेको राइटपथ कन्सलटेन्सीका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस