२०७९ माघ १३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा जनकपुरधाममा पुजा अर्चना

बैशाख ३०, २०७६  | १०३२ पटक पढिएको

– धर्बेन्द्र झा,
जनकपुरधाम, वैशाख ३० / राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसर पारेर जनकपुरधामको जानकी मन्दिरमा सोमबार पुजा अर्चना गर्नु भएको छ ।

नेपाली सेनाको हेलिकेपटरबाट बिहान साढे ९ वजे जनकपुरधाम पुग्नु भएका राष्ट्रपति भण्डारीलाई जानकी मन्दिर परिसरमा प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत, जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, उत्तराधिकारी महन्थ रामरोशन दास सहितकाले फुलको माला लगाएर स्वागत गर्नु भएको थियो ।

करिव १५ मिनेट सम्म मन्दिरमा पुजा गरे पश्चात उहाँले जानकी नवमी महामहोत्सव २०७६ को अबसरमा महामहोत्सव मूल समारोह समितिले जनकपुरधाममा आयोजना गरेको कार्यक्रमको उद्घाटन समेत गर्नु भएको थियो ।

उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गदैृ उहाँले जानकी मंन्दिर मिथिला तथा मौलिक संस्कृतिको अनुपम नमूना एवम धरोहर भएकोले यसको संरक्षण सम्र्वधनमा सबै पक्षको सहयोग आवश्यक भएको बताउनु भयो ।

उहाँले यस्ता प्रकारको महामहोत्सको आयोजनाले संस्कृतिको संरक्षणका साथै राष्ट्रिय एकता, अखण्डता तथा मुलुक बाँसीका बीचमा आत्मीयता बढाउने विश्वास पनि व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले जनकपुरधाम विश्वका सनातन हिन्दु धर्माबलम्बीका लागि आस्था तथा धरोहरको केन्द्रको रुपमा रहेको बताउदै राजर्षि जनक, अष्टाबक्र, गार्गी जस्ता विद्वान एवं ऋषि मुनिको कर्मभूमि तथा ज्ञानभूमि, वेद, उपनिषदको उद्गम भूमि भएको यस ठाउँमा सामाजिक विकृति एवं विसंगतिहरु देखिनु चिन्तको विषय भएको बताउनुभयो ।

उहाँले सामाजिक विकृति एवं विसंगतिहरुको समाधान गर्नका लागि प्रदेश सरकारले चलाएको वेटी पढाउँ बेटी बचाउँ अभियान सकारात्मक भएको र थप जागरण तथा चेतनाको अभियानहरु सञ्चालन गरेर आफ्नो गौरवशाली ईतिहासलाई निरन्तरता दिनका लागि आग्रह पनि गर्नुभयो । Source: gorkhapatraonline.com

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस