२०७९ माघ १७, मंगलबार

चितुवाको छाला सहित ३ जना पक्राउ

बैशाख २९, २०७६  | १००९ पटक पढिएको

तुलसीपुर, २९ वैशाख

जिल्ला प्रहरी कार्यालय दाङले चितुवाको छाला सहित तिन जना पक्राउ गरेकोछ ।

बिशेष सूचनाको आधारमा आइतवार राप्ती गाउँ पालिका वडा नं. १ भालुबाङ बस्ने बिष्णु खनाल, शालिक राम भण्डारी र दिपक भण्डारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकोछ ।

उनीहरुलाई भालुबाङ बजारमा शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्दा सेतो प्लाष्टिकको बोरा भित्र छिपाई राखेको ध्वासे चितुवाको छाला फेला परेको र उनीहरुलाई डिभिजन वन कार्यालय लमही दाङको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस