२०७९ माघ २६, बिहीबार

दंगीशरणको समृद्धि, बिकास र रुपान्तरणमा प्रयोग गर्नुपर्छ : सांसद चौधरी

बैशाख २९, २०७६  | १४१७ पटक पढिएको

दिप्तीशिखा चौधरी,

दंगीशरण बैशाख, २९/ प्रदेश सांसद धमकली चौधरीले सामुदायीक समूहहरुको यो जागरण अभियानलाई दंगीशरणको समृद्धि, बिकास र रुपान्तरणमा प्रयोग गर्न जोड दिइन । दंगीशरण गाउपालिका वडा न ३,४ र ५ मा कृयाशिल रहेका १६ वटा सामुदायिक समूहका सदस्यहरुको शनिबार दंगीशरण गाउँपालिकामा सम्पन्न सिकाइ आदान प्रदान तथा प्रथम सामुहिक भेला कार्यक्रममा बोल्दै सांसद चौधरीले सबै एक भई समूह मार्फत नै हरेक कार्य सफल हुने बताइन । उनले हरेक काम र कर्तब्यलाई सहि रुपमा बाहिर ल्याउँन भेला र छलफल बाट नै निश्कर्षमा आउँने बताइन । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले मानबिय बिकास र भौतिक बिकासको संतुलनले मात्र समाजमा दिगो र गुणस्तरीय बिकास गर्न सकिने बताए । गैरसरकारी तहबाट सहकर्मी समाज सुर्खेतले दंगीशरणका गाउँ बस्तीहरुमा समूह गठन र परिचालन गरेर चेतनामुलक कार्यक्रम संचालन गर्दै बिकास र परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै यस्तै खाले हरेक कार्यबाट समृद्ध दंगीशरण निर्माण हुने बताए ।

कार्यक्रममा गापा उपाध्यक्ष पिमा खड्काले समुदायका मानिसहरुको क्षमता बिकास, सुशासन र जीबिकोपार्जन सुधारका लागि समूहहरुको अग्रसरता प्रशंसनिय रहेको र समुहको जागरणलाई दिगो बनाउन प्रयास गर्नु पर्ने बताएकि थिइन । यसै गरि वडा न ५ का अध्यक्ष दिपक गौतमले हाम्रो सोच, बिचार र व्यवहारमा रुपान्तरण आउनु पर्छ र समाजबादी अभ्यासमा अघि बढनु पर्ने कुरालाई जोड दिए । सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थी, नेकपाका अध्यक्ष भरत अधिकारी, नेपाली काङ्ग्रेसका सभापति सोभाखर न्यौपाने, गाउँ कार्यपालिका सदस्य हिरा चौधरी, वडा सदस्य दिलकुमारी बिक लगाएतले बोलेका थिए । सो अवसरमा समूहका अगुवाहरुले समूहले गरेका काम, उपलब्धी र सिकाइहरु आदानप्रदान गरेका थिए । सामुहिक भेलामा त्रिबेणी समूहकी ईश्वरी कंडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थीको अध्यक्षता एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यतामा भएको कार्यक्रममा १६ वटा सामुदायिक समूहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्रिवेणी समूह दंगीशरण ३ रावतगाउँको आयोजना तथा सहकर्मी समाज सुर्खेतको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस