२०७९ माघ १३, शुक्रबार

मुक्त कमैया कमलहरी परिवारका सदस्यलाई ब्यकहोलोडर तालिम

बैशाख २९, २०७६  | १०५५ पटक पढिएको

– तिर्थराज ज्ञवाली
२९ वैशाख, मौरीघाट (देउखुरी दाङ) । राप्ती गाउँपालिका क्षेत्रमा बसोवास गर्ने मुक्त कमैया कमलहरीका परिवारका सदस्यको सीप क्षमतामा वृद्धिका लागि ब्यकहोलोडर तालिम आईतबार देखि सुरु भएको छ ।

रोजगारीको अवसर सीप क्षमता भएकाको लागि सरल हुने हुँदा राप्ती गाउँपालिका गाउँकार्यपालिका नागरिकको सीप अभिवृद्धिमा लागिरहेको तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बताएका छन् ।
उपाध्यक्ष चौधरीले एकैपटक सबैखाले तालिमको अवसरमा सबैलाई सहभागी गराउन नसकिएपनि पालैपालो विभिन्न तालिममा सबै नागरिकलाई तालिमको आयोजना गरिने समेत बताएका छन् ।

तारा टेक्नीकल ईन्टिच्युट एण्ड रिसर्च सेन्टर मौरीघाटको प्राविधिक व्यवस्थापन, मुक्त कमैया समाजको सहभागी व्यवस्थापनमा एक महिना सञ्चालन हुने ब्यकहोलोडर तालिममा मुक्त कमैया कमलहरीका परिवारका युवा १० सदस्यको सहभागीता रहेको छ ।

मुक्त कमैया समाजका हरिचन्द्र चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा उद्घाटन गरिएको तालिममा तारा टेक्नीकल ईन्टिच्युट एण्ड रिसर्च सेन्टरका सञ्चालक तारा प्रसाद भुसालले सीप सिक्न चाहनेले मनैदेखी सिक्न खोजेमा मात्र छिटो शिक्न सकिने बताएका छन् ।

तालिम आईतवार देखी सुरु गरि एक महिना सम्म चल्ने बताईएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस