२०७९ माघ १३, शुक्रबार

प्रेस काउन्सिल नेपालको आयोजनामा शोधपत्र प्रस्तुति कार्यक्रम सम्पन्न

बैशाख २७, २०७६  | १३८१ पटक पढिएको

वैशाख २७ गते काठमाडौं
प्रेस काउन्सिल नेपालको आयोजनामा शुक्रबार शोधपत्र प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनका बिद्यार्थी अर्जुनकुमार राउतले तयार गर्नुभएको “नेपाली ब्रोडसिट दैनिक अखबारमा सम्पादकीय विषय विविधता र प्रस्तुतिको अध्ययन” विषयक शोधपत्रबारे संक्षिप्त प्रस्तुति राख्दै सम्पादकीय लेखनको विश्व इतिहास उल्लेख गर्नुभयो । २०७४ मंसिर १ देखि २९ गते एक महिना अवधिमा गोरखापत्र, कान्तिपुर, नयाँपत्रिका, नेपाल समाचारपत्र, नागरिक, राजधानी दैनिकमा प्रकाशित सम्पादकीय अध्ययन गरिएकोमा सबै ब्रोडसिट दैनिकमा राजनीतिक विषयवस्तुलाई प्राथमिकता दिइएको, प्रकाशित मुख्य समाचार सामग्रीलाई पछिल्लो अंकमा सम्पादकीयको विषयबस्तु बनाइने गरेको बताए ।
त्यसैगरी पोलिगन कलेजका बिद्यार्थी एवं पत्रकार शंकर थापाले डोटीमा पत्रकारिताको इतिहासबारे तयार पारिएको शोधपत्रबारे संक्षिप्त प्रस्तुति राख्नुहुँदै डोटीमा पत्रकारिताको विगत र वर्तमान अवस्थाको चित्रण गरे । प्रविधि, ज्ञानसीप र विषयगत दक्षताको कमी, खोजी पत्रकारिता नहुनु, उच्च व्यावसायिक अभ्यास नहुनु, स्वनियमन र स्वनियन्त्रणमा ध्यान नदिइनु, गैरपत्रकार तथा राजनीति हावी हुनु, भौगोलिक जटिलता, आधुनिक अफसेट प्रेसको अभाव, दक्ष पत्रकारको पलायन लगायत मुख्य समस्या एवं चुनौतीहरु रहेको धारणा राखे ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकारिताको विकासका लागि मोफसलका पत्रकारको लागि सञ्चार सामग्रीमा अनुदान सहयोगका साथै हरेक बर्ष तालिम, गोष्ठी प्रशिक्षित गर्दै आएको स्मरण गराएका थिए ।
पत्रकारितामा स्नातकोत्तर शोधपत्र लेखेबापत् प्रेस काउन्सिल नेपालअन्तर्गत मिडिया विकास कोष उपसमितिले हरेक बर्ष छात्रबृत्ति प्रदान गर्दै आएको महेन्द्रराज सिंहले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस