२०७९ माघ १३, शुक्रबार

“संस्कृत शिक्षा सहमति र सहकार्यमा अगाडी बढाउनु पर्छ” : कोइराला

बैशाख २६, २०७६  | १३१७ पटक पढिएको

२६ वैशाख, बिजौरी (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित जनता संस्कृत मा.वि.को ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्रधानाध्यापक पदमबहादुर रावतको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर घर्तीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले जसरी आफ्नो आमालाई सम्मान गरिन्छ ।

त्यसैगरी नै आमा उमेरसमूहका आमाहरुलाई पनि सम्मान गर्नु पर्छ भन्ने सन्देश संस्कृत शिक्षाले दिने बताएका छन् । संस्कृत शिक्षालाई अगाडी बढाउन स्थानीय सरकार, नेपाल संस्कृत विश्वविद्यालय र प्रदेश सरकारको आवश्यक रहेको बताए । विश्वविद्यालयका आंगिक विद्यालयहरुमा संस्कृति विषय सम्बन्धी माग गर्नु परेमा स्थानीय सरकारमा जानु पर्ने बताए । स्थानीय सरकारसँग माग राखेपछि स्थानीय सरकारको सहयोगले विश्वविद्यालयले आंगिक विद्यालयहरुमा व्यवस्था गर्न सक्ने कुरा प्रा.डा. कोइरालाले बताए ।

विद्यालयका शिक्षक अरुणकुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर रावतले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बोल्ने वक्ताहरुले संस्कृति भाषा जननी भाषा भएकाले यसको जगेर्ना गर्न जरुरी रहेको बताए । संस्कृत भाषालाई संरक्षण, संवद्र्धनमा सरकार गम्भिर रुपमा लिनु पर्ने बताए । त्यस्तै अबको शिक्षाले छोराछोरीले आफूलाई, आफ्नो अभिभावकलाई, समाजलाई र देशलाई सम्मान गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ । कृषिबाट आधुनिक प्रणालीमा खेती गर्न सक्ने विद्यार्थी अबको शिक्षाले उत्पादन गर्नु पर्ने बताए । श्रमलाई सम्मान नगर्ने समाजको कारणले नै किसान पछाडी परेको बताएका थिए ।

कार्यक्रममा माधव वली, माधव अधिकारी, गोविन्द मजगैया, राधिकादेवी आचार्य, कमानसिंह खड्का, शम्भु पोख्रेल, रविलाल गौतम, धनबहादुर नकाललगायतकाले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न शीर्षकमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने खेलकुदबाट नारायण पौडेल, ३ वर्षमा ७५ प्रतिशत विद्यार्थी पास गराउन सफल शिक्षिका अचला शर्मा, शंकरप्रसाद आचार्य, कमला शर्मा सुवेदी र कार्यकौशलको मुल्याङ्कन गर्दै कर्मचारी उदिराम चौधरीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा धन्यवाद ज्ञापन शिक्षक टिकाराम पौडेलले गरेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षक मेघराज आचार्य (तुफान)ले गरेका थिए ।

All-focus

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस