२०७९ माघ १७, मंगलबार

पशुहरुको निःशुल्क स्वास्थ्य जाँच

बैशाख २६, २०७६  | ११८१ पटक पढिएको

२६ वैशाख, दाङ / दंगीशरण गाउँपालिकाको वडा नं. ६ को श्रीगाउँमा बुधबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गाउँपालिका पशु स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्तर्गत वडा नं ६ र ७ मा पर्ने श्रीगाउँमा पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो । वडा नं. ७ का अध्यक्ष विर बहादुर वलीले पशुहरुलाई औषधि खुवाएर कार्यक्रमको शुरु गरिएको थियो ।

स्वास्थ्य शिविरमा तीनसय ५० बाख्रा, १ सय २० भेडाँ , ५ सय कुखुरा १ सय ४० बंगुर , ३८ वटा भैँसी, ६० वटा गाई गोरुहरुको परिजिवी नियन्त्रणका लागि औषधि दिईएको थियो ।

शिवीरमा दुई वटै वडाका गरि जम्मा १२ सय ८ वटा पशुहरुको आन्तरीक र बाह्य उपचार गरिएको थियो । शिवीरमा केहि भैँसी र गोरुको बन्ध्याकरण गरिएको पशु शाखाका प्रमूख भरत देवकोटाले जानकारी दिए । शिवीरमा जम्मा ६५ घरधुरीले सेवा लिएका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस