२०७९ माघ २६, बिहीबार

यूवाहरुलाई खेलकुद सामग्री वितरण

बैशाख २६, २०७६  | १३७५ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२६ वैशाख, दंगीशरण । दंगीशरण गाउँपालिका वडा न. ३ का यूवाहरुलाई बुधवार एक कार्यक्रमका बिच खेलकुद सामग्री वितरण गरिएको छ ।

दंगीशरण गाउँपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको संयोजनमा खेलकुद सामग्री वितरण गरीएको हो । वडा नं. ३ का ७ वटा टोलका यूवाहरुलाई १२ वटा भलिवल–१२ वटा नेट, फुटबल १ वटा र क्रिकेट १ सेट वितरण गरिएको थियो । वडा नं. ३ का वडा सदस्य सुकलाल चौधरी, महिला सदस्य दिल कुमारी वि.क र वडा सचिव सिता लामिछानेले यूवाहरुलाई खेलकुद सामग्री वितरण गरेका थिए ।

दंगीशरण ३ चितानपूरका तारा योगी, दंगीशरण ३ रावतगाउँका खुसरिाम चौधरी, दंगीशरण ३ चखौराका सृजन चौधरी, दंगीशरण ३ विजुलीपुरका लोकेन्द्र बहादुर भण्डारी, दंगीशरण ३ हेकुलीका शालीकराम चौधरी, एकलीका शुसील देवकोटा, पदमपुरका सुरज परीयाललाई सो खेलकुद सामग्री हस्तारण गरिएको हो ।

कार्यक्रममा सालीकराम चौधरी र सृजन चौधरीले खेलकुद सामग्री वितरण गरेको भन्दै खुसी ब्यक्त गरे गाउँपालिकामा यूवाहरु खेलप्रती धेरै चासो राखेपनि खेलकुद सामग्री नहुँदा आफुँहरु खेल कार्यक्रममा सहभागि हुन नसकेको बताए । अबका दिनमा गाउँपालिका बाट यूवाहरुको आवश्यक्तालाई मध्यनजर गर्दै लागि यस्ता खालका कार्यक्रम अझैँ ल्याउँनुपर्ने आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा महिला सदस्य दिल कुमारी बि.क.ले हरेक कार्यमा यूवा नै अग्रसर हुनुपर्ने भन्दै खेलकुद क्षेत्रमा पनि एउटा दक्ष खेलाडि जन्मीएर दंगीशरणको प्रतीनिधत्वि गर्न सक्ने खालको यूवा खेलाडि हुन आवश्यक रहेको बताईन् । कार्यक्रमको सहजिकरण वडा सदस्य सुकलाल चौधरीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस