२०७९ माघ १३, शुक्रबार

१८ महिने कृषि जेटिएमा जनता संस्कृत माविका सबै विद्यार्थी उत्तिर्ण

बैशाख २६, २०७६  | १४६३ पटक पढिएको

– उदिराम चौधरी, तुलसीपुर
२६ वैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको जनता संस्कृत मावि बिजौरी (सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा)मा अध्ययनरत १८ महिने कृषि जेटिएका सबै विद्यार्थी उत्तिर्ण भएका छन् ।

सिटिइभिटी अन्तर्गतको १८ महिने कृषि जेटिएका ४० जना विद्यार्थीहरुमध्ये सबै विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । गएको श्रावण÷भदौ महिनामा सिटिभिटिले लिएको अन्तिम परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएको प्राविधिक शिक्षाका संयोजक विष्णु प्रसाद पार्धेले जानकारी दिए ।

यो नतिजाले विद्यार्थी र विद्यालयको कृषि कार्यक्रम संचालनमा हौसला प्रदान गरेको प्रध्यानाध्यपक पदम बहादुर रावतले बताए । शिक्षकको मेहनत, विद्यार्थीको लगनशिलता र उचित व्यवस्थापनले १८ महिने कृषि जेटिएबाट पहिलो बर्षमै सफलता पाईएको रावतले बताए ।

माविले चालु आर्थिक वर्षदेखि कृषि जेटिएसंगै तीन वर्षे डिप्लोमा ईन एजिको कार्यक्रम सञ्चालन गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस