निःशुल्क योग शिविरको उद्घाटन


– रेखा शर्मा
२५ वैशाख, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लक्ष्मीपुर आधारभूत विद्यालयमा निःशुल्क योग शिविरको उद्घाटन गरिएको छ । “गरौ योग रहौँ निरोग” भन्ने नाराका साथ पतञ्जलि योग जिल्ला समिति दाङको आयोजनामा शिविरको उद्घाटन गरिएको हो ।

पतञ्जली योग जिल्ला समितिका उपाध्यक्ष बिनोद चौधरीको अध्यक्षता तथा युवा समितिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो । आज देखि सुरु भएको शिविर ७ दिन सम्म सञ्चालन हुने बताईएको छ ।
५० जना बढिको सहभागिता रहेको शिविरमा योग मानिसको जविनको अभिन्न अंग भएको र यसले स्वस्थ समाज निमार्ण गर्न सहयोग पुग्ने भएकाले हरेक व्यक्तिले योग गर्न जरुरी रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस