“निजि क्षेत्रले यातायात सञ्चालन नगरिदिने हो भने मुलुक ढ्ङगे युगमा” : आचार्य

बैशाख २५, २०७६  |  ७०८ पटक पढिएको  |   साक्षी खबर

राप्ती यातायात सेवा प्रा.लि.का अध्यक्ष मदन आचार्यसँग साक्षीखबर समाचारदाताले यातायात सम्बन्धी विषयमा लिएकोे कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

१. सर्वप्रथम तपाई अध्यक्ष भएकोमा बधाई छ !
– धन्यवाद ।

२. के मा व्यस्त हुनुहुन्छ अचेल ?
– विशेष त व्यवसायको काममा व्यस्त छु । यातायत व्यवसाय जोखिमपूर्ण व्यवसाय भएकोले, यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनको लागि प्रयाशरत छु ।

३. यातायत व्यवसायी प्रा.लिका काम कर्तव्य के के हुन् ?
– यातायत क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुका सुख दुखमा साथ दिने र दुर्घटना, औषधी उपचार, मृत्यु सम्पूर्णका कुरा आवस्यक परेमा सहयोग गर्ने प्रा.लिको काम कर्तव्यभित्र पर्दछ ।

४. तपाई अध्यक्षको हैसियतले गरेको उदाहरणीय कार्य के हो ?
– म अध्यक्ष भए पछि । कामहरुलाई निरन्तरता दिईरहेको छु । यातायत व्यवसायलाई पर्ने हरेक समस्याको समाधानका बाटाहरुलाई अबलम्बन गर्ने गरेको छु र सम्पूर्ण यातायत ब्यबसायीको हकहितको लागि म दृढ रुपले अघि बढेको छु ।

५. यातायत व्यवसायहरुको मुख्य चुनौतीहरु के के रहेका छन् ?
– यातायत व्यवसाय सञ्चालन गर्ने मनसायले गाडी किनि त्यो गाडीलाई कसरी चलाउने भन्ने कुराको द्विविधामा व्यवसायीहरु रहेका छन् । ढुक्क भई सवारी चलाउने अवस्था छैन । गाडिधनिहरुले राखी यातायात व्यवसायीहरुको पीडा सुल्झाउने छ भन्नेमा हामी विश्वस्त छौं ।

६. व्यवसाय सञ्चालन गर्दा प्रशासनिक झमेला कत्तिको आइपर्छन् ?
– प्रशासनिक झमेला अनगिन्ति आइलाग्छन् । स्थानीय प्रशासनले हामी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नै गलत छ । यसमा सरकारको ध्यान जान जरुरी छ । राज्यको ढुकुटीमा धेरै राजश्व बुझाउने यातायात व्यवसायीलाई अबका दिनमा स्थानीय प्रशासन तथा सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक सोंच आउन जरुरी छ ।

७. जिल्लाभर छरिएररहेका प्राली समिति किन एउटैमा आउन सक्दैनन् ?
– यो सोचनीय कुरा हो । यसमा सबै प्राली समितिहरुको ध्यान जान जरुरी छ, तर गाडिधनिहरुको बिचारमा भर पर्दछ । दुर्घटना, बिमा, मृत्यु जस्ता निरन्तर घटिरहने घटनाहरुको सहज एवं सरल तरिकाले समाधान गर्नको लागि प्राली समतिमा आबद्ध भए केहि हद सम्म सजिलो हुन्छ । र जुन व्यवसायिहरु एकल सञ्चालन गर्दै गर्दा अफठारामा पर्छन त्यस्ता ब्यबसायिहरु आफै समितिको महत्व बुझि खोज्दै आउनु भएको छ । र नआएका ब्यबसायीहरुलाइृ पनि समितिले समस्या परेको वेला सहयोग गर्दै आएको छ । र हामि ढुक्क छौ जसवेला उहाँहरुले संस्थाको महत्व बुझनु हुन्छ उहाहरु आफै आउनु हुन्छ ।

८. नेपाल बन्द तथा आम हड्तालले तपाईहरुको व्यवसायलाई कस्तो असर पारको छ ?
– हामी व्यवसायहरुको, विशेषगरी मुख्य समस्या र अप्ठयारो नै नेपाल बन्द र आम हड्ताल हो । ऋण खोजी किस्तामा गाडी किन्यो कहिले बन्द भईदिन्छ, कहिले आम हड्ताल भईदिन्छ, व्यवसाय गरी राम्रोसँग बैंकको किस्ता एवं व्याज बुझाउन कठिन हुन्छ । त्यस्तो अवस्थामा हामी व्यवसायीहरु ठूलो मर्कामा पर्ने गर्दछौं । सम्पूर्ण राजनीतिक दलहरुलाई व्यवसायीहरुलाई सहज एवं सरल तरिकाले गरिखाने वातावरण बनाई दिनुहोस्, हामी तपाईहरुको साथ र समर्थनमा निरन्तर लागि रहने छौं भन्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

९. व्यवसायीहरुलाई केही भन्नु छ ?
– सम्पूर्ण व्यवसायी साथीहरुलाई व्यवसाय सञ्चालन गर्दा अस्वस्थ होईन , स्वस्थ प्रतिस्पर्धा गरौ । ब्यबसायीका हक हितकालागि एक जुट भएर अघाडि बढन आग्रह गर्दछु ।

१०. यातायात व्यवसायीलाई मर्यादित पेशा होइन भन्छन् किन होला ?
– यातायात व्यवसाय सञ्चालन गर्दा धेरैसँग सहकार्य गर्नु पर्ने भएकोले सबै शिक्षित नहुन सक्छन् त्यसैकारण मर्यादित होइन भन्ने आरोप लाग्ने गर्दछ तर यातायात व्यवसाय विकासको मेरुदण्ड हो । यातायात नभै हुँदैन । त्यसैले यो व्यवसायलाई मर्यादित बनाउनु पर्दछ । यो क्षेत्रमा एउटा मजदुर, कर्मचारी र लगानी कर्ताहरु छन् ती सबै लेखपढ गरेका व्यक्तिहरु नहुन सक्छन् । कोही सामान्य लेखपढ गरेका व्यक्तिहरुसँग हामीले अपेक्षा गरेअनुसार काम नहुन सक्छ तर पहिलाको भन्दा आज धेरै सुधार भएको छ । त्यसको लागि हामीहरुले विभिन्न किसिमका तालिम, जानकारी दिने गरेका छौं । हामीले परिवर्तन ल्याउने कोशिस गरिरहेका छौँ र हिजो भन्दा आज यस व्यवसायमा पढेलेखेका दिग्गज व्यक्तिहरुको पनि आकर्षण बढेको छ । पक्कै पनि केहि हद सम्म यस व्यवसायमा सुधार आएको छ र आउनेमा म ढुक्क छु । केहि उपलब्धी भएको छ ।

११. यातायात व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ?
– यातायत बिना विकास संभव छैन् । त्यसैले भनिन्छ विकासको मरुदेण्ड यातायत हो । यसतर्फ राज्य गम्भीर हुनुपर्दछ । राज्यले आफुले पनि सञ्जालन गर्न नसक्ने र नीजि क्षेत्रबाट सञ्चालन भएका यातायतलाई त्यति महत्व दिएको देखिदैन । यदि निजि क्षेत्रले यातयात सञ्चालन नगरिदिने हो भने मुलुक ढ्ङगे युगमा हुन्छ । तसर्थ राज्यले यातयतलाई पहिलो प्राथामिकतामा राख्न जरुरि छ । जबकि देशलाई अग्रीम कर तिर्ने व्यवसायी मध्य यातायात व्यवसाय पर्छ । अरु व्यवसायले व्यवसाय गरि सकेपछि आएको आम्दानीबाट कर तिर्छन् भने यातायात व्यवसायीले राज्यलाई अग्रीम कर तिर्ने गर्दछ ।

१२. अन्त्यमा केही भन्नु छ ?
– मलाई मेरा आफ्ना विचारहरु राख्ने अवसर दिनु भएकोमा तपाई लगायत तपाईको यस साक्षीखबर अनलाईनलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । सरकारले सार्वजनिक यातायात क्षेत्रमा भएको सिन्डिकेटलाई अन्त्य गर्ने प्रयास गरेको छ । यस कदमलाई आम नागरिकले स्वागत गरेका छन् । आम सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरुमार्फत सरकारले गरेको कदमलाई समर्थन जनाएका छन् । विकासको मेरुदण्ड मानिने यातायात क्षेत्र व्यवस्थित र सर्वसुलभ हुनु पर्दछ । यातायात सर्वसाधारणको पहुँचमा हुनुपर्दछ । यातायात क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुलाई आफ्नो लगानी सुरक्षित भएको महसुस हुनु पर्दछ । सबैभन्दा जोखिमपूर्ण व्यवसाय मानिने यातायात क्षेत्रलाई सबैभन्दा भरपर्दो र सुरक्षित व्यवसाय बनाउन सकेमा यस क्षेत्रमा लगानी गर्न चाहने व्यवसायीहरु आकर्षित हुन्छन् । मानिसको जीवन चर्यामा नभैई नहुने भैईसकेको यातायात क्षेत्र हो ।

देशको समग्र विकासमा प्रभाव पार्ने यातायात भएकोले यसलाई विकासको मेरुदण्ड मानिन्छ । यातायात क्षेत्रको विकास हुन सकेमा सबै क्षेत्रमा विकास गर्न सजिलो हुन्छ । सरकारले यातायतब्यबसायीलाइ सहुलीयत दरमा ऋण, सजिलो कर प्रणाली, यात्रुबिमा, यातायात बिमा, सडक दुर्घटना न्युनीकरणको लागि गुणस्तरीय सडक, सडकमा हुने बन्द हड्तालको अन्त्य जस्ता कुरामा सरकारले ठोस नीति बनाएर सार्वजनिक यातायातको राम्रो व्यवस्था गरोस हाम्रो माग हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार