२०७९ माघ २६, बिहीबार

गर्मीका रोमाञ्चक कथा

बैशाख २५, २०७६  | ३४८७ पटक पढिएको

गर्मीको महिना आउँदा दाङमा बाल्यकालमा बिताएका दिनहरू सम्झनामा छन् । भित्री मधेस भएकाले नेपालगन्ज र बुटौलभन्दा दाङ अल्लि शीतलो ठाउँ त हो नै , तैपनि वैशाख(जेठको रापतापले हामीलाई नडाम्ने कुरै थिएन । आजभोलि पङ्खाको व्यवस्था हुँदाहुँदै मान्छेहरू दाङमा बस्नै नसकिने गर्मी बढ्यो भन्न थालेका छन् भने त्यो बेला त यस्ता सुविधाका साधन छँदै थिएनन् । दिउँसो गर्मी बेपत्ता हुन्थ्यो । खोलानाला चक्रक्क सुक्थे । पिउने पानीको हाहाकार हुन्थ्यो । स्कुलमा पियनहरूले पानी पुर्याउन नसकेर कक्षामा हामीले २५/५० पैसा उठाई आआफ्ना घैँटा बनाउँथ्यौँ र कताकताबाट पानी ल्याउँथ्यौँ ।ती घैँटा पनि कुनै इर्ष्यालुले सुटुक्क फोडिदिन्थ्यो । पाइप लाइन थिएन । पानीको सर्वाधिक निकट स्रोत जनता क्याम्पसको उत्तरतिर रहेको पनघटुवाको इनार थियो । त्यो पनि सुकिजान्थ्यो । त्यसपछि गुहारखोलाका बालुवा कोतरेर जम्मा पारेको पानीलाई मार्किनको कपडामा फिल्टर गर्दै काम चलाइन्थ्यो । त्यो पनि सुकेपछि डाँडागाउँको रातामाटाबाट बग्ने धारो अर्को बाँच्ने आधार बन्थ्यो । उग्र गर्मीमा त्यसले पनि आफ्नो सत्त हार्थ्यो र अन्तिम स्रोत बाँसगढीको ज्याङ्टे जरुवा वा गनारी खेतका खोपिल्टामा जम्मा भएको पानी नै हुन्थ्यो । यसरी हेर्दा जीवन कष्टपूर्ण नै थियो ।

टाढा अर्को गाउँतिर मादल बजेको आवाज घन्किन्थ्यो । सायल छोट्टी ( छोरेट्टी ) बसेका होलान् । कतै मध्यरातमा कुकुर र लाटोकोसेरो कराउँथ्यो । हामी केटाटीलाई भूत र बोक्सीको भने त्रासले सताउँथ्यो । झन्डै वैशाख, जेठ, असारको दाङको गर्मीलाई हामीले बाहिरै सुतेर कटाउँथ्यौँ, किनकि हाम्रा घरका संरचना र घरभित्र आधुनिक सुविधाका उपकरण थिएनन् ।

पानी पर्याप्त नहुँदा झन् गर्मी बढ्ने रहेछ । राज्यले यति सामान्य सुविधा दिन सकेको रहेनछ । अहिले मूल्याङ्कन गर्न मन लाग्छ ।
गर्मीका महिनामा त्यतिखेर आजका मच्छर थिएनन् । यो बडो आनन्द थियो । तर उडुस भने अघोर पर्थे । दाम्लाले भाङेका खटिया र एक दुईवटा ससाना खाटका चर चरबाट फुत्त निस्केर रातभरि रगत चुस्थे । ती उडुस यति छट्टु थिए कि बत्ती बाल्दाबित्तिकै खाटका प्वाल , माटे घरका भित्ताका प्वाल र सिरक(डसनाकै अन्तरकुन्तरमा लुकामारी खेलिहाल्थे । कदाचित् जिउमै खरल खरल गर्यो भने हातले त्यही भेट्टाउँथ्यो र सारा आक्रोश तिनीमाथि पोखेर मचक्क मिचिन्थ्यो र उडुस मरे नमरेको थाहा पाउन हात सुँघिन्थ्यो । मोरो उडुस कति गनाएको हो फेरि । ओहो १ ूलीलाधर लीलावती, कलाधर कलावती ू को खेल खुबै खेलियो उडुस सित ।
ज्यादै गर्मी बढेपछि सबै गाउँलेहरू बाहिरै आँगनमा सुत्ने चलन पनि थियो । रातको चन्द्रमाको उज्यालोमा आकाशका तारा गन्दै र गाउँखाने कथा हाल्दै सुतिएका ती दिन अहिले एकादेशको कथाझैँ लाग्छ । गाउँखाने कथाको उत्तर दिन नसक्दा विभिन्न गाउँ दिएको र आफूले ती गाउँ पाउँदा साच्चै मालिक बनेको प्रसङ्गले पनि कति सन्तोष लाग्ने क्या । चोर–डाँका लुटेराको कुनै बिगबिगी थिएन । बस्ती पातलो थियो । मान्छे आजको जस्तो हरामखोर पनि थिएन । घरमा नगद कम हुन्थ्यो । जिन्सीको पनि खासै भाउ थिएन । केही चोरिन्छ कि भन्ने शङ्का नै थिएन । बाटाभरि घोडा र राँगा लदुवाहरू यात्रा गरिरहन्थे । तिनीहरू लौरी ट्वाक् ट्वाक् पार्थे । गुनगुन कुराकानी गर्थे । टाढा अर्को गाउँतिर मादल बजेको आवाज घन्किन्थ्यो । सायल छोट्टी ( छोरेट्टी ) बसेका होलान् । कतै मध्यरातमा कुकुर र लाटोकोसेरो कराउँथ्यो । हामी केटाटीलाई भूत र बोक्सीको भने त्रासले सताउँथ्यो । झन्डै वैशाख, जेठ, असारको दाङको गर्मीलाई हामीले बाहिरै सुतेर कटाउँथ्यौँ, किनकि हाम्रा घरका संरचना र घरभित्र आधुनिक सुविधाका उपकरण थिएनन् ।

गर्मीको कुरा गर्दा एउटा हाँसो लाग्ने प्रसङ्ग बारम्बार मनमा उदाउँछ । दाङमा थारू बस्ती निकै थियो र छ । उनीहरू श्रमजीवी हुन् र हरेक दिन कडा परिश्रम गर्दथे । श्रमिकलाई अझ बढी गर्मी हुन्छ, यो सत्य पनि हो । दिनभरि काम गरेका ती चौधरीहरू साँझ खेतबारीबाट फर्कँदा घरमा नुहाएर जान्थे । नुहाउने पानी पनि सौभाग्यले भेटिन्थ्यो । उनीहरूले नुहाइरहेको दृश्य हामी बच्चाहरूले देखिहाल्थ्यौँ । उनीहरू हामीलाई नुहाएको स्थानमा नआउन आदेश दिन्थे । त्यस्तो आदेश दिँदा हामीभित्र झन् खुल्दुली बढ्थ्यो नुहाएको हेर्ने । पछि कुरो बुझ्दा त उनीहरू नाङ्गै नुहाउँदा पो रहेछन् गाँठे । ए बरै १ बिचराहरूले लगाउने धरो भनेको एक बित्ता चौडाइको भेगुवा हो , त्यो पनि भिज्ला भन्ने पिर पो हुँदो रहेछ र दिगम्बर बनेर नुहाउँदा रहेछन् । हामीलाई फेरि तिनको गोप्य डिपार्टमेन्ट हेर्ने कत्रो रहर चढेको हो । कठै १ जमाना कति कमजोर थियो । जसले जीवनभरि खेतमा हाड घोटेको छ, उसकै जिउ नाङ्गो छ, फेर्ने कपडा नभएर आफ्नो लाजलाई अँध्यारो वातावरणभित्र लुकाउनुपर्ने विवशता छ , सम्झँदा पनि कताकता मार्मिकताको अनुभव हुन्छ ।
आज समयले कोल्टे फेरेको छ । घरहरू अत्याधुनिक छन् । घरघरमा विद्युतीय पङ्खा छन् , घरघरमा पाइप लाइन छन् , तिनलाई थप शुद्धीकरण गर्ने फिल्टर छन् , चिस्याउने फ्रिज र तताउने बोइलर पनि छन् । आजका घरमा उडुस/उपियाले आतङ्क मच्चाउँदैनन् । लामखुट्टेको साम्राज्य भने व्यापक छ । गर्मी झन् बढेको छ । असुरक्षा पनि त्यत्तिकै बढेको छ । अब बाहिर सुतेर त्यो प्रकृतिको शान्त ,चकमन्न र सुन्दर आकाशलाई सिधा आँखामा सजाउँदै सुत्ने दिन हराइसकेका छन् । घरले घरसित प्रतिस्पर्धा गरेको अवस्थामा आँखा झिमिक्क पार्दा घरै रित्तिने अवस्था छ । अब दिनभरि पिपल र बरको बुटामा सिरसिर हावा खाने प्रचलन लगभग समाप्त भइसकेको छ । मोटो दप्ती ९ गाता० र साना बाँसका चोयाबाट बनेका हाते पङ्खाले हामीबाट सदाका लागि बिदाई लिइसकेका छन् । घरैघरको चापमा निसास्सिएको जिन्दगी छ, बाटो सिमेन्टेड, घर सिमेन्टेड र आँगन समेत सिमेन्टेड छ । त्यसमाथि उत्तरतिरका घना जङ्गल क्रमशस् माफियाहरूको अर्थोपार्जनको सिकार बनेकाले हरियाली र साँझपख चल्ने शीतल बतास समेत खोसिएको छ । जीवन सबै भौतिक सुविधाले सजिए पनि भित्र कतै रित्तोको अनुभव हुँदै छ । सायद प्रकृतिको उग्रता त्यही कृत्रिम जिन्दगी जिउनेहरूप्रतिको प्रतिशोध पो हो कि गर्मी बढिरहेको छ, एकोहोरो बढिरहेको छ, मनमा , तनमा , गाउँमा र सबै ठाउँमा पनि ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस